सल्यानमा २८औँ भूकम्प सुरक्षा दिवस मनाइयो

Published on

काठमाडौं । सल्यानमा २८औँ भूकम्प सुरक्षा दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ। जिल्ला प्रशासन कार्यालय सल्यान, शारदा नगरपालिका तथा पूर्वाधार विकास कार्यालयको संयुक्त आयोजनामा दिवस मनाइएको हो । भूकम्पबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी, सुरक्षित निर्माण र जनचेतनाको महत्वबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । दिवसको अवसरमा सदरमुकाम खलङ्गास्थित बसपार्क डाँडागाउँबाट र्‍याली सुरु भइ टुँडिखेल हुँदै पुरानो बसपार्क चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरूले भूकम्प सुरक्षासम्बन्धी चेतनामूलक नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

कोण सभामा बोल्ने वक्ताहरूले भूकम्प प्राकृतिक विपद् भए पनि अव्यवस्थित बसोबास, भवन संहिताको उल्लङ्घन तथा मानवीय लापरबाहीका कारण ठूलो जनधनको क्षति हुने गरेको बताउनुभएको थियो । उहाँहरूले सुरक्षित आवास निर्माण, जोखिमयुक्त संरचनाको पहिचान तथा समुदायस्तरमा नियमित अभ्यास र तालिम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय तह र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले समुदायस्तरमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र स्थानीय सरकारले भवन संहिताको कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिनुभयो । शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले भूकम्पबाट हुने सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, आपत्कालीन स्वास्थ्य सेवा तथा उद्धार व्यवस्थापनमा ध्यान दिनुपने वताउनुभयो । उहाले भन्नुभयो विपद्को समयमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्वास्थ्य संस्थाहरू सुदृढ हुन आवश्यक छ । 

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका मन्त्री इन्द्रकुमार शर्माले विपद् पूर्वतयारीमा सरकारी निकाय मात्र नभई सर्वसाधारण नागरिकसमेत सचेत र सक्रिय हुनुपर्ने वताउनभुयो । समुदायमै आधारित विपद् व्यवस्थापन कार्यक्रमले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने शर्माको भनाइ छ । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, स्वयंसेवक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता थियो। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...