गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Published on

काठमाडौं । गुल्मीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक कार्यक्रमबिच तम्घासमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको भवनमा निर्वाचन क्षेत्र नम्बर-१ को लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय कार्यालय स्थापना गरिएको हो। यहाँ मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधीश कृष्ण प्रसाद पौडेल रहनुभएको छ। निर्वाचन क्षेत्र नम्बर-२ को लागि जिल्ला शिक्षा, विकास तथा समन्वय इकाईको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

यस क्षेत्रको लागि निर्वाचन अधिकृतको रुपमा जिल्ला न्यायाधिवक्ता हरिहर पौडेल रहनुभएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाजका अगुवा, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थित रहेको थियो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यस जिल्लामा कूल दुई लाख २९ हजार ५४९ जना मतदाता कायम रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी हर्क श्रीसले जानकारी दिनुभयो। जसमा महिला एक लाख १५ हजार २१० जना, पुरुष एक लाख १४ हजार ३३७ जना र अन्य दुई जना मतदाता छन्। 

दुई निर्वाचन क्षेत्रमा १४५ मतदान स्थल र २८४ मतदान केन्द्र कायम गरिएको छ। जिल्ला कारागार गुल्मी र राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रमलाई अस्थायी मतदान केन्द्र कायम गर्न सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो। जिल्ला सुरक्षा समिति गुल्मीले निर्वाचन सुरक्षा योजना लागु गर्दै मतदानस्थलहरुको अनुगमन निरीक्षण गर्नुका साथै स्थानीयसँग साक्षात्कार समेत गर्दै आएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...