तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालयसँगै रहेको एकीकृत सेवा कार्यालयको भवनमा शुक्रबार एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरिएको हो । न्यायपरिषद्को सिफारिसमा निर्वाचन आयोगले तनहुँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । कार्यालय उद्घाटनको अवसरमा जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यालय उद्घाटन पश्चात् आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत उपाध्यायले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन लोकतन्त्रको प्राण हो, यसलाई मर्यादित बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पूर्ण निष्पक्षताका साथ काम गर्नेछ, निर्वाचन सफल पार्न राजनीतिक दल, नागरिक समाज र आम मतदाताको रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’’ उपाध्यायले निर्वाचन कार्यतालिका अनुसार नै मनोनयन दर्तादेखि मतदान र मतगणनासम्मका प्रक्रियाहरू पारदर्शी ढङ्गले अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको जनाएको छ ।

यसैगरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा महिला मतदाताको सङ्ख्या पुरुषभन्दा बढी देखिएको छ । जिल्लामा कायम कुल दुई लाख ५४ हजार तीन सय ९७ मतदातामध्ये एक लाख ३० हजार नौ सय ६ जना महिला रहेका छन् भने पुरुष मतदाता एक लाख २३ हजार चार सय ९१ जना मात्र छन् । यस आधारमा तनहुँमा महिला मतदाताको हिस्सा करिब ५१।५ प्रतिशत पुगेको छ । जिल्लाका दश वटै पालिकामा महिला मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी विकास लम्सालका अनुसार पालिकामध्ये सबैभन्दा धेरै मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम देवघाट गाउँपालिकामा रहेका छन् । व्यास नगरपालिकामा ५१ हजार तीन सय ६, भानु नगरपालिकामा ४२ हजार एक सय ४, शुक्लागण्डकी नगरपालिकामा ४० हजार तीन सय ५ र भीमाद नगरपालिकामा २५ हजार तीन सय ११ मतदाता कायम छन् ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार छ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार २, ऋषिङ गाउँपालिकामा १८ हजार सात सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार छ सय १३ र म्याग्दे गाउँपालिकामा १९ हजार तीन सय ६ मतदाता रहेका छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्य क्षेत्रल नम्बर २ मा मतदाता बढी रहेका छन् ।  क्षेत्र नम्बर १ मा पुरुष ६१ हजार ७७८ र महिला ६५ हजार एक सय चार गरी एक लाख २६ हजार आठ सय ८२ रहेका छन् ।  क्षेत्र नम्बर २ मा पुरुष ६१ हजार सात सय १३ र महिला ६५ हजार आठ सय दुइ गरी एक लाख २७ हजार पाँच सय ५४  मतदाता रहेका छन् । क्षेत्र नम्बर १ अन्तर्गत पालिकाहरु व्यास, भानु, बन्दीपुर, आँबुखैरेनी र देवघाट पर्दछन् भने क्षेत्र नम्बर २ अन्तर्गत शुक्लागण्डकी, भीमाद, म्याग्दे, ऋषिङ र घिरिङ पर्दछन् । आगामी निर्वाचनलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले जिल्लामा दुई नयाँ मतदान केन्द्र थपिएका छन् । 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको निर्णयअनुसार ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा थप मतदान केन्द्र थपिएको हो । दुवै वडामा मतदाताको पहुँच र भीड व्यवस्थापनले गर्दा अतिरिक्त मतदान केन्द्र आवश्यक देखिएको हो । हाल तनहुँका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान स्थल १४४ र तीन सय नौ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ । जिल्लाभर तीन सय नौ मतदान केन्द्र तोकिएका छन् । ऋषिङ गाउँपालिका–४ र ६ मा मतदाता चाप बढेपछि एक–एक मतदान केन्द्र थप गरिएको निर्वाचन अधिकारी लम्सालले बताउनुभयो । मतदाता नामावली दर्ता अभियानमार्फत यस पटक सात हजार तीन सय ९३ नयाँ मतदाता थपिएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...