एमालेले सिन्धुपाल्चोकका दुवै क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो

Published on

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा नेकपा एमालेबाट दुवै क्षेत्रको उम्मेदवार चयन भएका छन् । प्रतिनिधि सभा–१ मा युवा नेता आङदोर्जे शेर्पा र प्रतिनिधि सभा–२ मा शेरबहादुर तामाङ उम्मेदवार बन्नुभएको छ ।यसअघिका सङ्घीय निर्वाचनमा एमालेका पूर्व केन्द्रीय सदस्य सरेश नेपाल र अरुण नेपाल उम्मेदवार थिए । जेनजी आन्दोलनपछि उहाँहरु दुवै नेताले युवा उम्मेदवार आङदोर्जेलाई प्रतिनिधि सभा उम्मेदवार बनाउनुभएको छ ।

उम्मेदवार चयन हुनुभएका शेर्पाले जनताका जनजीविकाका मुद्दा, युवा पुस्ताको मागलाई सम्बोधन गर्दै घोषणपत्र तयार गरेर चुनावी प्रचारप्रसारमा लाग्ने जानकारी दिनुभएको छ । शेर्पाले एमालेवृत्तका साथै जिल्लाभर लोकप्रिय नेताका रुपमा पहिचान बनाउनुभएको छ भने तामाङ प्रतिनिधि सभा–२ मा एमाले नेताहरुमध्ये सम्भावना बोकेका नेताको रुपमा स्थापित हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...