म्याग्दीमा नेकपाबाट थापा उम्मेदवार

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले युवा नेता अर्जुजन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा म्याग्दीका नेता सेरबहादुर केसीले पार्टीको तर्फबाट थापालाई उम्मेदार बनाउने निर्णय भएको आइतबार बिहान जानकारी दिनुभयो । पार्टी केन्द्रले थापाका पक्षमा निर्णय गरेपछि उहाँ टिकट लिनका लागि काठमाडौँ जानुभएको छ । आज ११ बजे थापालाई पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले टिकट हस्तान्तरण गर्ने नेता केसीले जानकारी दिनुभयो । ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७ धारापानी निवासी हुनुहुन्छ ।

२०५६ मा शिवाङको हेम माविमा अनेरास्ववीयु क्रान्तिकारीको प्रारम्भिक कमिटिको अध्यक्ष बनेर राजनीतिक यात्रा सुरु गर्नुभएका थापा अध्ययनको क्रममा काठमाडौँमा रहँदा भक्तपुरमा अखिल क्रान्तिकारीको नेतृत्व गर्नुभएको थियो । नेकपा (एमाले) ले हरिकृष्ण श्रेष्ठलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ भने नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लगायतका अन्य पार्टीहरुले उम्मेदवारको टुङ्गो लगाइसकेका छैनन् ।

एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अतिसंवेदनसिल,५८ वटा संवेदनसिल र ८ वटा मतदान स्थललाई समान्य भनेर वर्गिकरण गरेको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...