बाँकेको साक्षरता दर ७३ प्रतिशतभन्दा बढी

Published on

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ अनुसारको साक्षरता सम्बन्धी तथ्यांक सार्वजनिक गर्दै बाँकेको साक्षरता दर ७३.४ प्रतिशत रहेको जनाएको छ । विभिन्न उमेर समूहमा समेत विभाग गरिएको सो तथ्यांक अनुसार बाँकेमा ५ वर्ष वा सो माथिका व्यक्तिको साक्षरता दर ७३.४ प्रतिशत रहेको छ । तथ्याङ्क कार्यालयका अनुसार उक्त उमेर समूहमा पुरुष तर्फको साक्षरता दर ७९.६ प्रतिशत र महिला तर्फको साक्षरता दर ६७.५ प्रतिशत रहेको छ । बाँकेमा शिक्षामा लैंगिक अन्तर भने १२.१ प्रतिशत रहेको छ । जिल्लामा १० देखि १९ वर्ष उमेर समूहको साक्षरता दर ९१ प्रतिशत रहेको सो तथ्याङ्कमा जनाइएको छ । जसमा पुरुषको प्रतिशत ९१.८ र महिला तर्फको साक्षरता दर ९०.१ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । 

वयस्कहरूको साक्षरता दर भने बाँकेमा ६९.७ प्रतिशत मात्रै रहेको छ । जसमा पुरुष तर्फ साक्षरता दर ७५.१ र महिला तर्फ ५९.४ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त तथ्याङ्कमा आधारित साक्षरताको अवस्था प्रतिवेदनमा नेपालगन्ज उपमहानगरपालिकामा १८ बर्ष माथिको साक्षरता दर ७२.५९ प्रतिशत, १० देखि १९ वर्ष समूहमा साक्षरता दर ८९.४९ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा साक्षरता दर ८६.७३ प्रतिशत रहेको जनाइएको छ । त्यस्तै, कोहलपुरमा साक्षरता दर १८ बर्ष माथिको उमेर समूहमा ७६.६२ प्रतिशत, १० देखि १९ वर्ष उमेर समूहमा ९८.१२ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा ९७.४४ प्रतिशत, राप्तीसोनारी गाउँपालिकामा उक्त उमेर समूहमा क्रमशः ६७.०४ प्रतिशत, ९७.६८ प्रतिशत र ९६.३७ प्रतिशत रहेको छ ।

त्यस्तै, बैजनाथ गाउँपालिकामा १८ बर्ष माथिको साक्षरता दर ७०.१७ प्रतिशत, १० देखि १९ वर्ष उमेर समूहमा साक्षरता दर ९९.२१ प्रतिशत, ५ देखि १७ बर्ष उमेर समूहमा ९७.५० प्रतिशत रहेको छ । बाँकेको डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा तुलनात्मक रूपमा कम साक्षरता दर रहेको तथ्यांकले देखाएको छ । डुडुवा र नरैनापुरमा १८ वर्ष माथिको साक्षरता दर क्रमशः ४५.११ र ३८.६२, १० देखि १९ बर्ष उमेर समूहमा क्रमशः ७८.७६ र ६५.०५, ५ देखि १७ वर्ष उमेर समूहमा क्रमशः ७५.७८ र ६४.३१ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...