काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीले कणबहादुर भण्डारी(केबी) लाई उम्मेदवार बनाउने भएको छ । भण्डारी जिल्ला उपसभापति हुनुहुन्छ । पार्टी केन्द्रले भण्डारीलाई उम्मेदवारको टिकट दिएको जिल्ला कार्यसमितिका समितिका सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।
कांग्रेस म्याग्दीले जिल्ला सभापति समेत रहनुभएका निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर) र उपसभापति भण्डारीको नाम पहिला नै सिफारिस गरेको थियो । जिल्लाबाट सिफारिस भएका मध्यबाट नै उम्मेदवार टुंगो लगाएको सचिव रकालले जानकारी दिनुभयो । भण्डारी कांग्रेस भित्र नेता शेखर कोइराला निकट भनेर चिनिनुभएको छ । केन्द्रमा कोइरलाले पार्टीको हालै सम्पन्न भएको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासँग मिलेर निर्वाचनमा जाने बताएसँगै भण्डारीले टिकट पाउनुभएको जिल्लाका नेताहरुले बताएका छन् ।
काठमाडौँमा भएको छलफल तथा भेलाबाट म्याग्दी कांग्रेसलाई एकतावद्ध बनाएर निर्वाचनमा जानका लागि सर्वसम्मत रुपमा उपसभापति भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको सचिव रकालले जानकारी दिनुभयो । गोरखापत्र

