सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

Published on

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित हलेसी पेट्रोल पम्प अगाडि पथलैया–हेटौंडा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार साँझ करिब ७ः३० बजेको समयमा हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा प्र ०२–०५३ प ३७७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको म.प्र.०३–००२ ख २७१८ नम्बरको आइचर मिनी ट्रकले बायाँ साइडबाट ठक्कर दिएको थियो ।

सोही क्रममा पछाडिबाट आउँदै गरेको म.प्र.०३–०३८ प ११७६ नम्बरको अर्को मोटरसाइकलसमेत आपसमा ठोक्किन पुगेको ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार जिल्ला बारा, कलैया उपमहानगरपालिका–२० बसतपुर निवासी २४ वर्षीय रुपेश कुमार साहको नाक, मुख तथा टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँको उपचारका क्रममा वीरगञ्जस्थित न्युरो अस्पतालमा गएराति करिब ८ः३० बजे मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही दुर्घटनामा मोटरसाइकल चालक जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१४ निवासी अमरेन्द्र कुमार पटेलका २७ वर्षीय छोरा सुशील कुमार पटेल घाइते भएका छन् । उहाँको टाउको र निधारमा चोट लागेको र अवस्था मध्यम रहेको छ । घाइते पटेलको हाल अमलेखगञ्जस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न आइचर मिनी ट्रक तथा दुवै मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...