प्रतिनिधिसभा निर्वाचन सफल गराउन बागलुङमा सर्वपक्षीय बैठक

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तिव्र पारेको छ । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि  बागलुङ क्षेत्र नम्वर १ मा सर्वदलिय वैठक सम्पन्न भएको हो । वैठकमा भोली माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवाहरूलाई फरक फरक समय निर्धारण गरेको छ। जसको लागि विहान १० बजे देखि मनोनयन पत्र वुुझाउन सक्ने व्यवस्था गरिएको छ ।

उम्मेदवारको मनोनयन पत्र तथा सोसंग संलग्न गर्नुपर्ने कागजातको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यलयबाट उम्मेदवारलाई उपलव्ध गराईने भएको छ । बैठकमा दलको प्रतिनीधिले निर्वाचन आयोगबाट जारी भएका निर्देशन, आचार सँहिता र निर्वाचन संग सम्वन्धित प्रचलित ऐन कानूनको पर्ण पालना गर्ने गराउने प्रतिवद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षानिकाय, पत्रकारसँगै निर्वाचन अधिकृतबीच निर्वाचन आचारसंहिताको विषयमा छलफल भएको थियो। जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आयोगले जारी गरेको आचार संहिता २०८२का वारेमा जानकारी दिदै कानुन विपरीतका कामकारबाही गरेको पाइए त्यस्तो गर्नेलाई दण्डसजाय गर्ने बताउनुभयो ।

त्यस्तै निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई एक लाख रुपैयाँदेखि उम्मेदवार रद्दको निर्णयसम्म हुनसक्ने व्यवस्था आचारसंहितामा उल्लेख गरिएको  बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले राजनीतिक दलहरूले आचारसंहिताको पालना गर्दा स्वयंम उनीहरूलाई नै फाइदा पुग्ने बताउनुभयो  । कार्यक्रम सहायक निर्वाचन अधिकृत पूर्ण प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता हुने जिल्ला निर्वाचन कार्यलयका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाँले दिनुभएको जानकारीअनुसार माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेको उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गर्ने, माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन निर्वाचन चिह्न प्रदान गरिने छ ।

बागलुङ क्षेत्र नं १ को लागि जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागलुङ क्षेत्र नं १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिका पर्दछन् भने ४ पालिकाका, ३७ वटा वडा, ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...