श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

Published on

काठमाडौं । पोखरा महानगरपालिका २३ ठुलाखेत घर भइ पोखरा महानगरपालिका ७ सृजनाचोक बस्ने ३२ वर्षीय प्रेम भन्ने रमेश कामीलाई श्रीमतीको हत्या गरेको आरोपमा वडा प्रहरी कार्यालय बैदाम पोखराको समन्वयमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले पक्राउ गरेको छ । धवलागिरी गाउँपालिका ७ झिनडाँडा माइती घरगएको बेला यही माघ ३ गते राति २० वर्षीया पुनमायाँ विकलाई पछाडीबाट धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्राहरबाट घाइते हुनुभएको विकलाई प्रादेशिक अस्पताल बेनीमा ल्याउँदा राति  २ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।

घटनास्थल पुगेको प्रहरीले खोजतलास गर्दै जाँदा पोखरा महानगरपालिका १७ बिरौटाबाट माघ ४ गते राति नियन्त्रणमा लिएर अनुसन्धान थाल्दा आरोपितले धारिलो हतियार प्राहार गरेर भागेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक(इन्सपेक्टर) गोविन्द सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार आरोपितलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत म्याग्दीबाट माघ ६ गते ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...