स्याङ्जामा महिला उम्मेदवार शून्य

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा स्याङ्जामा महिला उम्मेदवारलाई उपेक्षा गरिएको छ । सबै दलले उम्मेदवार सिफारिस गर्दा महिला उम्मेदवार सिफारिस गरे पनि उम्मेदवार छनोट गर्दा उपेक्षा गरिएको हो । ईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा ६ जना स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी पर्दा महिला उम्मेदवार शून्य रहेको हो । क्षेत्र नं –१ मा ११ वटा राजनीतिक दलसहित १३ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ भने क्षेत्र नम्बर ११ राजनीतिक दलसहित १५ जनाले उम्मेदवारी दर्ता गनुभएको छ ।

निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, मङ्गोल नेसनल अर्गनाइजेसन, प्रगतिशिल लोकतान्त्रिक पार्टी, उज्यालो नेपाल, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, जनता समाजवादी पार्टी, श्रम संस्कृति पार्टीका उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुभएको छ । दलले महिला उम्मेदवारलाई उपेक्षा गर्दा आफैँ स्वतन्त्र उम्मेदवारी दर्ता पनि कसैले नगरेका हुन् ।

२०७९ सालको निर्वाचनमा भने स्याङ्जामा तीन जना महिलाको उम्मेदवारी परेको थियो । क्षेत्र नं –१ म जन समाजवादी पार्टीबाट तिलकुमारी नेपालीले उम्मेदवारी दिएर १७ मत ल्याउनुभएको थियो । यस्तै क्षेत्र नं –२ बाट नेकपा एमालेबाट पद्माकुमारी अर्याल र राष्ट्रिय जनमुक्तिबाट ऋषिसरा गाहा मगर चुनावी मैदानमा उत्रिनुभएको थियो । अर्यालले २५ हजार ८२३ मत ल्याउँदा गाहाले ३२४ मत ल्याउनुभएको थियो ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...