नवलपरासीमा एकै क्षेत्रमा कांग्रेसका दुई जनाको मनोनयन

Published on

काठमाडौं । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गराएपछि अधिकारिकता विवाद सृजना भएको छ । देवेन्द्रराज कण्डेल र भीमबहादुर थापा ‘भरत’  दुवै जनाले कांग्रेसको आधिकारिक उम्मेदवार भएको दाबी गर्दै पार्टीको पत्र देखाएपछि दुवै जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ता भए पनि अधिकारिकता एक जना मात्र उम्मेदवारले पाउने भएकाले यसको टुङ्गो लाग्न बाँकी रहेको जिल्ला न्यायाधीश तथा प्रमुख निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद  आचार्यले जानकारी दिनु भयो । उहाँ अनुसार बुधबार अपराह्न पौने चार बजे दुवै पक्षलाई उपस्थित हुन भनिएको छ । अधिकारिकता जाँच गरी एक जनाको उम्मेदवारी कायम हुने आचार्यले बताउनु भयो ।  

कण्डेलले उम्मेदवारी दर्ताको तयारी गरिरहेको बेलामा थापाले त्यसअघिकै आएर उम्मेदवारी दर्ता गराउनु भएको थियो । कण्डेल कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री हुनु हुन्छ भने थापा सुनवल नगरपालिकाका पूर्व नगर प्रमुख हुनु हुन्छ । दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपरासीमा क्षेत्र नम्बर ञ् बाट नेपाली कांग्रेसका बिनोद चौधरीले मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी सोही क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) बाट जनता प्रगतिशील पार्टीका हृदयस त्रिपाठीले पनि उम्मेदवारी दर्ता गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट यसअघि नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री रहनुभएका बिक्रम खनालले मनोनयन दर्ता गर्नु भयो । नेकपा एमालेबाट सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद  पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष ध्रुवबहादुर प्रधानले मनोनयन दर्ता गराउनु भएको छ । उहाँ यसअघि विगठित प्रतिनिधि सभाको सदस्य हुनु हुन्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामग्राम नगरपालिकाका पूर्व नगर प्रमुख रहनु भएका नरेन्द्रकुमार गुप्ताले मनोनयन दर्ता गराउनु भएको छ । नेकपा एमालेबाट लेखनाथ खरेलले मनोनयन दर्ता गर्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टीबाट बाग्लुङका देवेन्द्र पौडेलले मनोनयन दर्ता गराउनु भएको छ । जसपा नेपालबाट क्षेत्र नम्बर २ मा देवेन्द्र यादवको मनोनयन दर्ता भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...