महोत्तरीको उम्मेदवारी दर्तामा ऐतिहासिक चाप, १४३ जनाको मनोनयन

Published on

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका चार सिट भएपनि उम्मेदवार भने सिट संख्याको दश गुणाभन्दा बढी पुगेको छ । उम्मेदवारी दर्तामा देखिएको यो उत्साहले महोत्तरीको प्रतिनिधिसभा निर्वाचनलाई अझ प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने अपेक्षा गरिएको छ । चार वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त अन्तिम विवरणअनुसार प्रतिनिधिसभाका लागि कुल १४३ जनाले मनोनयन दर्ता गराएका छन् । यो संख्या २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको तुलनामा ७६ जनाले बढी हो । अघिल्लो निर्वाचनमा महोत्तरीका चारै क्षेत्रबाट ६७ जना मात्र प्रतिस्पर्धामा थिए ।

उम्मेदवारको अत्यधिक चापका कारण यसपटक कतिपय निर्वाचन क्षेत्रमा राति ८ बजेसम्म मनोनयन दर्ताको काम भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार मनोनयन दर्ता गराउनेमध्ये १२४ जना पुरुष र १९ जना महिला छन् । तुलनात्मक रूपमा महिला उम्मेदवारको संख्या कम देखिए पनि २०७९ को निर्वाचनको तुलनामा यो संख्या १४ जनाले बढेको हो । अघिल्लो निर्वाचनमा क्षेत्र नं १ बाट २ जना र क्षेत्र नं ३ बाट ३ जना गरी जम्मा ५ महिलाको मात्र उम्मेदवारी परेको थियो । यसपटक भने चारै निर्वाचन क्षेत्रबाट महिलाको मनोनयन दर्ता भएको उहाँले जनाउनुभयो । निर्वाचन क्षेत्रगत विवरण अनुसार सदरमुकामसमेत रहेको क्षेत्र नं ३ बाट सबैभन्दा बढी २ महिलासहित ४० जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं २ बाट ५ महिलासहित ३७ जना तथा क्षेत्र नं ४ बाट ७ महिलासहित ३७ जनाले मनोनयन दर्ता गराएको सम्बद्ध निर्वाचन अधिकृतहरू शोभाकर खरेले र नारायण चापागाईल जनाउनुभयो । 

सबैभन्दा कम उम्मेदवारी भने निर्वाचन क्षेत्र नं १ बाट परेको छ । सो क्षेत्रमा ५ महिला र २२ पुरुष गरी जम्मा २७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गगनदेव महतोले बताउनुभयो । यसपटक पनि दलभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ । कुल १४३ उम्मेदवारमध्ये ८० जना स्वतन्त्र रहेका छन् भने दलबाट उम्मेदवारी दिने संख्या ६३ मात्र छ। २०७९ को निर्वाचनमा भने दलका ३४ र स्वतन्त्रका ३३ जना उम्मेदवार थिए । यस्तै, निर्वाचन क्षेत्र नं १ मा नेपाली काङ्ग्रेसको तर्फबाट मुकेश काफले, एमालेबाट पूर्व सांसद लक्ष्मी महतो, नेकपाबाट पूर्वमन्त्री गिरीराजमणि पोखरेल, रास्वपाबाट प्रमोद महतो, जसपाबाट योगनारायण महतो र राप्रपाबाट यानिखर गौतमले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

निर्वाचन क्षेत्र नं २ बाट जसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीले उम्मेदवारी दर्ता गराउनु भएको छ । सो क्षेत्रबाट काङ्ग्रेसकी किरण यादव, एमालेका कासिम नदाफ, नेकपाका लक्ष्मणकुमार यादव, रास्वपाका दीपककुमार साह र राप्रपाका रामलखन साह कानू लगायतले मनोनयन दर्ता गराउनु भएको छ । निर्वाचन क्षेत्र नं ३ बाट काङ्ग्रेका केन्द्रिय सदस्य बजरंग नेपाली, एमालेका मनोजकुमार सिंह, नेकपाका चन्द्रमोहन श्रेष्ठ, नेकपाका राजकिशोर साह मेहतरी सुडी, रास्वपाका उज्वल झा र जसपाकी मिनाक्षी ठाकुर झा लगाएतले मनोनयन दर्ता गराउनु भएको छ । 

निर्वाचन क्षेत्र नं ४ बाट पूर्व सांसद एवं पूर्वमन्त्रीहरुवीच टक्कर हुने देखिएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार यस क्षेत्रबाट नेपाली काङ्ग्रेका निवर्तमान साँसद एवं पूर्व मन्त्री महेन्दकुमार राय, जसपाबाट पूर्व मन्त्री डा. सुरेन्द्र यादव, नेकपाबाट पूर्व प्रदेश मन्त्री एवं निर्वतमान सांसद भरतप्रसाद साहले मनोनयन दर्ता गराउनु भएको छ । त्यस्तै एमालेकी निलम अधिकारी, रास्वपाकी गौरीकुमारी यादवलगाएतले उम्मेदवारी दर्ता गराउनु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...