राजनीतिक कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग नगर्न प्रशासनको आग्रह

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले राजनीतिक कार्यक्रममा सरकारीसवारी साधनको प्रयोग नगर्न नगराउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले मङ्गलबार एक सूचना जारी गर्दै राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न आग्रह गर्नुभएको हो ।

साथै उहाँले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रक्रिया चरणबद्ध रुपमा अगाडि बढी रहेको सन्दर्भमा जिल्लाभित्र शान्ति, सुरक्षा कायम राख्न क्रियाशील राजनीतिक दल तथा दल निकट भातृ संगठनहरुबाट हुने राजनीतिक सभा, सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालय रौतहटलाइ जानकारी गराई अनुमति लिइ मात्र कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...