दुई लाख १४ हजार बराबरको अवैध मदिरासहित एक जना पक्राउ

Published on

काठमाडौं । पाँचथर प्रहरीले एउटा सार्वजनिक बसबाट नेपालमा बिक्रिका लागि प्रतिवनध लगाइएको सिक्किेम मदिरासहित एक जनालाई पक्राउ गरेको छ । मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत फिदिम नगरपालिका ४ जोरसाल नजिकैबाट ५० कार्टुन मदिरासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । काठमाडौँबाट ताप्लेजुङतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५६१९ नम्बरको यात्रुबाहक बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा बरामद गरिएको पाँचथरका प्रहरी नायब उपरस्क्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार अवैध मदिरा लुकाइ–छिपाइ ल्याइएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले चेकजाँच गर्ने क्रममा उक्त मदिरा पक्राउ गरिएको हो ।

मदिरासहित पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी ३६ वर्षीय शंकर प्रसाईंलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कर्णको भनाइ छ । सिक्किमे ब्राण्डको उक्त मदिरा ५५ कार्टुनमा नौ हजार ६ सय ६ बोतल छ । जसको कम्पनीले तोकेको बजार मूल्य दुई लाख १४ हजार पर्ने प्रहरीले जनाएको छ । पक्राउ परेका प्रसाईं र बरामद मदिरालाई कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । प्रहरीले अवैध मदिराको ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ ।गोरखापत्र 

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...