निजी हातहतियार बुझाउन प्रशासनको आग्रह

Published on

काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमति प्राप्त निजी हातहतियार बुझाउन आग्रह गरेको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सबै किसिमका हातहतियार तथा खरखजाना माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय स्याङ्जा, नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा बुझाउन प्रशासन भनेको छ । निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यो व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो । उहाँले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रशासनका अनुसार तोकिएको समयभित्र बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने बताउनुभयो । बुझाउने र फिर्ता लिने प्रक्रिया प्रचलित कानुन तथा मापदण्डअनुसार हुने स्पष्ट पारिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले समयमै हातहतियार नबुझाएमा वा प्रशासनको निर्देशनको अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ । प्रशासनले निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउन नागरिक, राजनीतिक दल र सरोकारवाला सबैलाई जिम्मेवार भूमिका खेल्न आग्रह गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...