बाँकेमा हात्तीपाइले विरुद्धको अभियान सुरु

Published on

 काठमाडौं । १५ वर्षसम्म निरन्तर हरेक वर्ष औषधी खुवाउने कार्यक्रम गर्दा पनि सफल हुन नसकेपछि बाँकेमा विहिवारदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रम सुरु गरिएको छ । बाँकेको नेपालगन्ज उपमहानगर, डुडुवा र नरैनापुर गाउँपालिका तथा बैजनाथको एउटा वडामा हात्तीपाइलेको औषधी खानेहरुको संख्या निकै कम भएकोले ती पालिकामा १६औं पटक सो औषधि खुवाउने अभियान सुरु गरिएको हो । १६औँ पटकको आम औषधि सेवन अभियान बिहिबारदेखि नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका प्रमुख सुनिता पौडेलले १६औँ पटकको आम औषधि सेवन अभियान नरैनापुर गाउँपालिकाबाट औपचारिक रूपमा सुरु गरिएको जनाउँदै डुडुवा, नेपालगन्ज र बैजनाथमा पनि क्रमशः शुरु गर्ने बताउनुभयो। 

उहाँका अनुसार यसपटकको अभियानमार्फत नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९, नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ र डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । अभियानको शुभारम्भ गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले स्वयं औषधि सेवन गरेर सबैलाई अनिवार्य रूपमा औषधि खान आग्रह गर्नुभयो । “अब १७औँ पटक अभियान दोहोरिन नदिन सबैले जिम्मेवारीका साथ औषधि सेवन गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा जनस्वास्थ्य निरीक्षक तैयब राइनीले विगतमा औषधि नखानुको मुख्य कारण प्रतिअसरको डर र जनचेतनाको कमी रहेको उल्लेख गर्दै यस पटक सबैले खानुपर्नेमा जोड दिनुभयो। तथ्याङ्क अनुसार जिल्लामा ३३.२८ प्रतिशतले प्रतिअसरको डर र ३२.५३ प्रतिशतले जानकारीको अभावका कारण औषधि सेवन नगरेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महत्तोले हात्तीपाइले निवारणका लागि कम्तीमा ८० प्रतिशत लक्षित नागरिकले एकै चरणमा औषधी सेवन गर्नुपर्ने स्पष्ट पार्नुभयो । “८० प्रतिशत सहभागिता नहुँदा नै १६औँ पटकसम्म अभियान चलाउनुपरेको हो,” उहाँले भन्नुभयो । अभियान सञ्चालनका लागि ४५ लाख रुपियाँभन्दा बढी बजेट खर्च हुने जनाइएको छ । 

स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोगसम्बन्धि फोकल पर्सन रत्नलाल शर्माका अनुसार ग्यास्ट्राइटिस, थाइराइड, रक्तचाप र मधुमेहजस्ता सामान्य समस्या भएका तर दैनिक काम गर्न सक्ने व्यक्तिले औषधी सेवन गर्न सक्छन् । तर दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सात दिन नपुगेका सुत्केरी, सिकिस्त बिरामी तथा केही विशेष रोग भएका व्यक्तिलाई औषधी नखान आग्रह गरिएको छ । उहाँले नरैनापुरमा विहिबारदेखि सो अभियान सुरु गरिएको जनाउँदै विभिन्न कारणले डुडुवा र बैजनाथमा माघ ११ गतेबाट र नेपालगन्जमा माघ १२ गतेबाट अभियान शुरु गरिने जानकारी दिनुभयो । हात्तीपाइलेजस्तो दीर्घकालीन अपांगता निम्त्याउने रोग निवारणका लागि सबै नागरिकले औषधी सेवन गरेर अभियानलाई सफल पार्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । सर्वेक्षणअनुसार बाँके ‘क’ क्षेत्रमा प्रति सय जनामध्ये औसत ६.५ जनामा हात्तीपाइलेको वयस्क परजीवी फेला परेको छ । १ प्रतिशतभन्दा बढीमा परजीवी देखिएपछि रोग सर्ने जोखिम उच्च हुने भएकाले अभियान प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...