विशेष महाधिवेशनपछि कांग्रेस एकढिक्का बनेको छ : डा. कोइराला

Published on

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. शेखर कोइरालाले विशेष महाधिवेशनपछि नेपाली कांग्रेस एकताबद्ध भएर अगाडि बढिरहेको बताउनुभएको छ । विहीबार सुन्दरहरैंचामा मोरङ क्षेत्र नं. ६ का पार्टी कार्यकर्तासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.कोइरालाले महाधिवेशनको समय आफू मध्यमार्गी भूमिकामा रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार पार्टीभित्र मतभेद रहे पनि अधिवेशनपछि सबै पक्ष एक ठाउँमा आएको छ । “मिलाउने भूमिकामा बस्ने मान्छेलाई गाह्रो हुन्छ । त्यो बेला न यो पक्षले सुन्छ, न त्यो पक्षले । नोमिनेसनपछि अधिवेशन गरौँ भन्ने प्रस्ताव राखेको थिएँ, तर रोक्न सकिएन,” उहाँले भन्नुभयो, “अधिवेशन सकिएपछि भने पार्टी एकढिक्का बनेको छ ।”

डा. कोइरालाले पछिल्लो समय देखिएको ‘जेन–जी’ आन्दोलनले समाजमा चेतना बढाएको उल्लेख गर्दै यसले उठाएका मुद्दा आफूले विगतदेखि नै उठाउँदै आएको बताउनुभयो । यद्यपि देशको आर्थिक अवस्था भने करिब ५० वर्ष पछाडि धकेलिएको उहाँको भनाइ छ । उहाँले सबै तहका कांग्रेस कार्यकर्ता र नेताहरूलाई निर्वाचनमा एकताबद्ध भएर होमिन निर्देशन दिनुभयो । एकताबद्ध प्रयासबाट मात्रै पार्टीलाई मजबुत बनाउन सकिने र मुलुकलाई सही दिशामा लैजान सकिने उहाँले उल्लेख गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...