चौपायालाई चिसोबाट जोगाउन ५० थान कम्बल वितरण

Published on

काठमाडौं । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले पालिकाभित्रका नागरिकसँगै वन्यजन्तुलाई पनि विशेष ध्यान दिँदै आएको छ । नागरिकका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको सो पालिकाले गौशालामा रहेका चौपायाहरु चिसोबाट समस्यामा रहेको जानकारी पाएपछि उनिहरुलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । चिसो मौसमबाट छाडा चौपायालाई जोगाउन गौशालामा न्यानो कम्बलको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो । उहाँले वडा नम्बर ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा गाई–गोरु, बाछा–बाछीलाई चिसोबाट जोगाउन न्यानो कम्बल र कपडा ओढाएर गोठमा सुरक्षित रूपमा राखिएको जनाउनुभयो ।

गाउँपालिका अध्यक्ष चौधरीका अनुसार हाल गौशालामा रहेका करिब ५० वटा गाई, बाछा, बाछी र गोरुलाई चिसोबाट बचाउन न्यानो कम्बल उपलब्ध गराइएको छ । चिसो बढ्दै गएपछि पशुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै गोठभित्र न्यानो वातावरण बनाइएको उहाँले बताउनुभयो । गाउँपालिकाका अनुसार गौशालामा पराल र भुससहितको चाराको व्यवस्था गरिएको छ । पशुहरूको नियमित निगरानी र हेरचाहका लागि एक जना जनशक्ति पनि खटाइएको छ । अध्यक्ष चौधरीले पालिका आसपासका क्षेत्र तथा भारतीय नाकाबाट आएका छाडा चौपायालाई समेत गौशालामा राखेर संरक्षण गरिएको बताउनुभयो ।

गाउँपालिकाको प्राविधिक शाखाका मदनेश्वर झाले चौपायाका लागि गौशालाका कर्मचारी दामोदर यादवलाई ५० वटा न्यानो कम्बल हस्तान्तरण गर्नुभएको छ । डुडुवा गाउँपालिकाले निर्माण गरेको सो गौशालाको दुई वटा गोठमा करिब एक सय वटा पशु राख्न सक्ने क्षमता रहेको गौशालाका कर्मचारी दामोदर यादवले बताउनुभयो । स्थानीय तहको यस पहलले छाडा चौपायाको संरक्षण र पशु कल्याणप्रति जिम्मेवार स्थानीय शासनको अभ्यासलाई प्रत्यक्ष रुपमा देखाएको स्थानीय नागरिकको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...