चौपायालाई चिसोबाट जोगाउन ५० थान कम्बल वितरण

Published on

काठमाडौं । बाँके जिल्लाको डुडुवा गाउँपालिकाले पालिकाभित्रका नागरिकसँगै वन्यजन्तुलाई पनि विशेष ध्यान दिँदै आएको छ । नागरिकका लागि विभिन्न योजना सञ्चालन गर्दै आएको सो पालिकाले गौशालामा रहेका चौपायाहरु चिसोबाट समस्यामा रहेको जानकारी पाएपछि उनिहरुलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । चिसो मौसमबाट छाडा चौपायालाई जोगाउन गौशालामा न्यानो कम्बलको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताउनुभयो । उहाँले वडा नम्बर ५ कम्दीस्थित बनक्षेत्रको छेउमा रहेको गौशालामा रहेका छाडा गाई–गोरु, बाछा–बाछीलाई चिसोबाट जोगाउन न्यानो कम्बल र कपडा ओढाएर गोठमा सुरक्षित रूपमा राखिएको जनाउनुभयो ।

गाउँपालिका अध्यक्ष चौधरीका अनुसार हाल गौशालामा रहेका करिब ५० वटा गाई, बाछा, बाछी र गोरुलाई चिसोबाट बचाउन न्यानो कम्बल उपलब्ध गराइएको छ । चिसो बढ्दै गएपछि पशुहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै गोठभित्र न्यानो वातावरण बनाइएको उहाँले बताउनुभयो । गाउँपालिकाका अनुसार गौशालामा पराल र भुससहितको चाराको व्यवस्था गरिएको छ । पशुहरूको नियमित निगरानी र हेरचाहका लागि एक जना जनशक्ति पनि खटाइएको छ । अध्यक्ष चौधरीले पालिका आसपासका क्षेत्र तथा भारतीय नाकाबाट आएका छाडा चौपायालाई समेत गौशालामा राखेर संरक्षण गरिएको बताउनुभयो ।

गाउँपालिकाको प्राविधिक शाखाका मदनेश्वर झाले चौपायाका लागि गौशालाका कर्मचारी दामोदर यादवलाई ५० वटा न्यानो कम्बल हस्तान्तरण गर्नुभएको छ । डुडुवा गाउँपालिकाले निर्माण गरेको सो गौशालाको दुई वटा गोठमा करिब एक सय वटा पशु राख्न सक्ने क्षमता रहेको गौशालाका कर्मचारी दामोदर यादवले बताउनुभयो । स्थानीय तहको यस पहलले छाडा चौपायाको संरक्षण र पशु कल्याणप्रति जिम्मेवार स्थानीय शासनको अभ्यासलाई प्रत्यक्ष रुपमा देखाएको स्थानीय नागरिकको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...