लुम्बिनी प्रदेशमा अहिलेसम्म २०४ मत खस्यो

Published on

काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहान ११ः४५ बजेसम्म २०४ मत खसेको छ। दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहानैदेखि मतदान जारी छ । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार प्रदेशसभा सदस्यतर्फ महिला २५ र पुरुष ३५ गरी जम्मा ६० मत खसेको छ । त्यस्तै, स्थानीय तहका प्रमुख तथा उपप्रमुखतर्फ महिला ५४ र पुरुष ९० गरी जम्मा १४४ मत खसेको छ ।

लुम्बिनी प्रदेशमा तीन सिटका लागि आठ उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको छ। मतदान केन्द्र (क) मा प्रदेशसभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरिरहेका छन् । निर्वाचनका लागि दुई मतदान केन्द्रमा गरी २० जना कर्मचारी खटाइएका छन्। लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८३ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३ सय मतदाता रहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...