म्याग्दीमा चार जना कुष्ठरोगी

Published on

काठमाडौं । हिमाली जिल्ला म्याग्दीबाट नियमित औषधी सेवन गर्ने चार जना कुष्ठरोगी रहेको बताइएको छ । उक्त कुरा ७३ औँ कुष्ठरोग दिवसका अवसरमा जनस्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको कुष्ठरोग सम्बन्धि कार्यक्रममा बताइएको हो । हरेक वर्ष अङ्ग्रेजी वर्षको जनावरी महिनाको अन्तिम आइतबार मनाइने विश्व कुष्ठरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले बताउनुभएको हो । म्याग्दीमा गत आर्थिक वर्ष पहिचान भएका मध्ये ३ जना र चालु आर्थिक वर्ष पहिचान भएका एक जना गरी कुल ४ जनाले नियमित औषधी सेवन गरी रहेका छन् । म्याग्दीमा आर्थिक वर्ष २०७७/०७८ मा ७ जना, ०७९/०८० मा ३ जना, २०८०।०८१ मा ५ जना, ०८१/०८२ मा ५ जना र चालु आर्थिक वर्षमा एक जना कुष्ठरोगी पहिचान भएको कार्यक्रममा बताइएको थियो । आर्थिक वर्ष २०७८।०७९ भने जिल्लामा कुनै पनि बिरामी पहिचान भएको थिएन ।

कुष्ठरोग औषधी सेवनले निको हुने भएपनि समाजमा विभेद र लान्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको प्रदेश अस्पताल बेनीका निमित्त मेडिकल सुपरियटेण्डेन्ट डा. हेमन्त बाँस्तोलाले बताउनुभयो । उहाँले अनुसार औषधी सेवन गरी निको भएका बिरामीलाई समेत समाजले हेर्ने दृष्टिकोणका लागि समाजमा अझै पनि रोग लुकाउने, लुकिछिपी बस्ने, बाहिर खुलेर कुरा नगर्ने अवस्थाका रहेको बताउनु भएको थियो । जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले आफ्नो धारणा राख्नु भएको थियो ।

चालु आर्थिक वर्षमा भेटिएको नयाँ बिरामी मालिका गाउँपालिकाको रहेकाले दरबाङ आधारभुत अस्पतालमा र पर्वत जिल्लाका दुई जना पुरानो बिरामीले बेनी अस्पतालमा औषधी लिने गरेका छन् । प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कममा कुष्ठरोग भेटिएमा उन्मुलन भएको मान्न सकिने जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीको भनाई छ । म्याग्दीको कुल जनसंख्याको तुलनामा बिरामीको संख्या कम भएपनि सचेत र बिरामीको पहिचान तथा सम्मानमा समाजले धेरै भूमिका खेल्न आवश्यक रहेको उहाँको धारणा थियो । प्रत्यक्ष निगरानीमा उपचार गरेमा रोग निको हुने भएकाले कुष्ठरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा आउन पर्ने डा. बास्तोलाको भनाइ छ । कतिपय रोगीले सामाजिक बहिस्कार र वंशानुगत रोगका रूपमा बुझ्दा रोकथाममा समस्या परेको उहाँले बताउनुभयो । 

माइकोब्याक्टचोरिया लेप्रे नामक किटाणुबाट सर्ने यो रोगको औषधी उपचार निःशुल्क रहेको छ । कुष्ठरोगको लक्षण देखिएमा छालामा असर गर्दा रातो वा हल्का फुस्रो रङको दाग देखिने, अनुहारमा छाला बाक्लो हुने, गिर्खा देखा पर्छ भने स्नायुमा असर गर्दा हातखुट्टामा छुँदा थाहा नपाउने तथा मांसपेशी कमजोर हुने गर्दछन् । बिरामीले पाउने औषधी निःशुल्क पाउनुका साथै औषधी लिन आउदाको समयमा यातायात खर्च समेत पाइने भएकाले पनि उपचारका लागि जानु पर्ने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...