ट्रकको ठक्करबाट युवकको मृत्यु, एक घाइते

Published on

काठमाडौं । प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आइतबार बिहान ७ बजे वीरगञ्जबाट कलैयातर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००२-ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको मधेश प्रदेश ०३-०२७ प ५८२९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनामा स्कुटर चालक कलैया उपमहानगरपालिका-३ निवासी जय गुप्ताको २० वर्षीय छोरा आयुष गुप्ता गम्भीर घाइते भएका थिए । उहाँलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर लगिएकोमा ईसीजी परीक्षणपछि ८ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताउनुभयो ।

सोही स्कुटरमा पछाडि सवार वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा निवासी बिनोद साह कानुको ३० वर्षीय छोरा मौसम कुमार साह घाइते भएका छन् । उहाँको दाहिने हात र टाउकोमा चोट लागेको र एलएस न्युरो अस्पतालमै उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनापछि फरार रहेका ट्रक र रौतहटको चन्द्रपुर नगरपालिका-२ चौधरी टोलका २४ बर्षे चालक दिपेश चौधरीलाई कलैयाको हनुमान चोकबाट प्रहरीले खोजतलासका क्रममा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...