सर्लाही क्षेत्र ४ आउनुहुँदै सभापति थापा

Published on

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही ४ मा आउँदै हुनुहुन्छ । थापा आज सर्लाही आउने कार्यक्रम रहेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । थापालाई पूर्वपश्चिम राजमार्गस्थित बागमती कर्मैयामा स्वागत गरेर सर्लाही क्षेत्र ४ मा लैजाने कार्यक्रम रहेको नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो । 

पार्टी सभापति थापालाई स्वागत गर्न कांग्रेसका नेता कार्यकर्ता सर्लाही र रौतहटको सीमा बागमतीस्थित कर्मैयाका कार्यकर्ता आउने बताइएको छ । थापा अब केही दिन आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर पार्टीका नेता, कार्यकर्ता र मतदातासँग भेटघाटन गर्नुहुने कार्यक्रम छ । 

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट कांग्रेस सभापति थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिसकुमार यादव, नेकपाका डा. रजनीश राय, जसपा नेपालका रामेश्वर राय यादवलगायत ३८ जना प्रतिस्पर्धामा हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...