स्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत गर्न बोर्डको निर्देशन

Published on

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका दाबीहरू पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । बोर्डका वरिष्ठ मेसु डा. पवनकुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै दाबी माग गर्दा अनिवार्य रूपमा रियल टाइम प्रणालीमार्फत विवरण प्रविष्ट गर्न निर्देशन दिनुभएको हो । स्वास्थ्य बीमामा रियल टायम दाबी गर्ने सम्बन्धी कार्यविधि , २०८० अनुसार दाबी तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाहरूका दाबीमा हुने अस्वीकृत दर घटाउने उद्देश्यले बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नु पूर्व स्वास्थ्य संस्थाकै प्रतिनिधि रहने गरी एक समिति बनाएको छ ।

 उक्त समितिले नै दाबी उपर पुनरावलोकन तथा रुजु गरी त्यस पश्चात मात्र बोर्डको मापदण्ड बमोजिमका कागजात सहितका दाबी प्रविष्ट गर्न अनुरोध गरेको हो ।  अन्यथा तोकिएको मापदण्ड अनुसार प्राप्त नभएका दाबीहरुको भुक्तानी गर्न स्वास्थ्य बीमा बोर्ड बाध्य नहुने पत्रमा स्पष्ट पारेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...