डुम्रे–बेंसीसहर सडक तीन दिन बन्द हुने

Published on

काठमाडौं । लमजुङ सदरमुकाम बेंसीसहर जोड्ने डुम्रे–बेंसीसहर सडक सोमबारदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ । बेंसीसहर नगरपालिका–१ उदीपुर पहिरो सडकखण्ड कालोपत्रे गर्नको लागि तीन दिन सडक बन्द हुने भएकाे हो । जिल्ला प्रशासन कार्यालय लमजुङले एक सूचना जारी गरी सोमबार बिहान ११ बजेदेखि १४ गते बेलुका ६ बजेसम्म सडक बन्द गरिएको जनाएको छ । ४ वर्षअघि गएको पहिरोले भत्काएको सडक कालोपत्रे गर्न डुम्रे-बेंसीसहर–चामे सडक कार्यालयले अनुरोध गरेअनुसार सडक बन्द गरेको प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गानाले बताउनुभयो ।

नेपाली सेनाको चण्डी प्रसाद गण उदिपुर ब्यारेकमार्फत वैकल्पिक बाटो सञ्चालन आवगमन भइरहेको उहाँले बताउनुभयो । यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतको जिल्लामा सवारीसाधन सञ्चालन हुने गरेको छ । सो स्थानबाट बेँसीसहर, खुर्द हुँदै हिमाली जिल्ला मनाङ जाने सडक जोडिन्छ । सो स्थानमा २०७८ असार १ र २०७८ साउन ११ मा गएको पहिरोले सडक बगाएको थियो । सडक रोकथामको लागि सङ्घीय सरकारले ११ करोड १९ लाख बजेटमा रोकथाम कार्य तथा सो स्थानमा ४ सय मिटरजति सडक कालोपत्रे हुन लागेको छ । डुम्रे–बेंसीसहर–चामे सडक आयोजना प्रमुख सतीश सुवेदीले कालोपत्र गर्नको लागि काम भइरहेको बताउनुभयो । यहाँ पहिरो रोकथाम कार्य हालसम्म करिब ८५ प्रतिशत सम्पन्न भएको उहाँले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...