नेपालगन्जमा बालेन शाहलाई स्वागत

Published on

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र ( बालेन ) शाहलाई सोमवार नेपालगन्जमा भव्य स्वागत गरिएको छ । पश्चिम नेपालको निर्वाचन प्रचार प्रसार भ्रमणका लागि सुदुरपश्चिम जाने क्रममा सोमवार नेपालगन्ज पुग्नु भएका रास्वपाका वरिष्ठ नेता शाहलाई नेपालगन्ज विमानस्थल र नेपालगन्ज बजारमा भव्य स्वागत गरिएको हो । उहाँ विमानस्थलदेखि खुला जिपमा सवार भइ सडक वरिपरिका स्थानीयसँग हात हल्लाएर स्वागत स्विकार्दै नेपालगन्ज पुग्नु भएको थियो । मौसम खराब भएका कारण हवाई उडानमा ढिलाई हुँदा निर्धारित कार्यक्रम भन्दा करिब पाँच घण्टा ढिलो नेपालगन्ज पुग्नु भएका शाहलाई विमानस्थलमा सयौं समर्थकहरुले स्वागत गरेका थिए भने नेपालगन्जस्थित रास्वपाको कार्यालयमा पनि सयौं समर्थक तथा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए । 

वरिष्ठ नेता शाहको स्वागतका लागि विहानैदेखि ठुलो संख्यामा समर्थक, नेता कार्यकर्ता विमानस्थल पुगेका थिए भने जिल्ला पार्टी कार्यालय नेपालगन्जमा ठुलो संख्यामा उपस्थित रहेका थिए । विमानस्थलमा शाहलाई बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार तथा रास्वपाका केन्द्रिय सदस्य खगेन्द्र सुनार, क्षेत्र नम्बर २ का उम्मेदवार विवेक कुमार श्रेष्ठ, निवर्तमान सांसद लक्ष्मी तिवारी, स्थानीय नेताहरु निलराज अधिकारी, बुद्धी सागर सुवेदी लगायतले स्वागत गर्नुभयो । 

शाहद्धारा जिल्ला पार्टी कार्यालय उदघाटनको कार्यक्रम रहेपनि कार्यालय वरिपरि अत्यधिक भिड रहेकोले उदघाटन कार्यक्रम स्थगित गरिएको पार्टीका नेता बुद्धि सागर सुवेदीले बताउनुभयो । रास्वपाका वरिष्ठ नेता शाह नेपालगन्जबाट कोहलपुर हुँदै बर्दिया जिल्ला प्रवेश गर्नुभएको छ । उहाँ बर्दिया हुँदै कैलाली जाने कार्यक्रम रहेको रास्वपाले जनाएको छ । गोरखापत्र   

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...