देश सम्हाल्ने तागत कांग्रेससँग छ : सभापति थापा

Published on

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्ने शक्ति आश्वयक रहेको बताउनुभएको छ। मङ्गलबार बिहान सर्लाहीको बलरा नगरपालिका–९, छतौनामा नगरस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश चलाउने तागत कांग्रेससँग मात्र रहेको बताउनुभएको हो। “हामी उत्तेजनाबाट चल्दैनौँ, शान्तिपूर्ण किसिमले अघि बढेर देश सम्हाल्न खोज्दै छौँ,” थापाले भन्नुभयो, “फागुन २१ पछि जनताको माग अनुसार कांग्रेसले देशको नेतृत्व सम्हाले छ।” अहिलेको अवस्थामा बदलिएर अघि बढिरहेको नेपाली कांग्रेस नै देशको नयाँ पार्टी रहेको सभापति थापाको दाबी छ। चुनावमा आम नागरिकमा भ्रम छर्न नयाँ नारा दिएर नयाँ पार्टी खोल्ने परिपाटी रहेको उहाँले आरोप लगाउनुभयो। 

पछिल्लो समय टिकट लिनकै लागि रातारात पार्टी परित्याग गर्ने परिपाटी ठीक नभएको कांग्रेस सभापति थापाको भनाइ छ। “हामी फागुन २१ को चुनावसँग जोडिएर नयाँ बन्न खोजेको होइन तर पार्टी बदल्नुपर्छ भनेर कार्यकर्ताले भनेपछि पार्टी बदलेका छौँ,” सभापति थापाले भन्नुभयो, “अहिलेको सन्दर्भमा त बदलिएको कांग्रेस नै नयाँ पार्टी हो। अब यही नयाँ सिराबाट अघि बढेको कांग्रेसले देश बदल्ने जिम्मेवारी लिन्छ।” भ्रष्टाचारको न्यूनिकरण र सुशासन कायम गर्ने कांग्रेसको मुख्य उद्देश्य रहेको कांग्रेसका नवनिर्वाचित सभापति थापाको भनाइ छ। तीन पटक लगातार जितेको काठमाडौं ४ छाडेर सर्लाही ४ मा आएको विषयमा थापाले बागमतीको एउटा किनारबाट अर्को किनारमा आइपुगेको बताउनुभयो। 

उहाँले फागुन २१ को निर्वाचनपछि कांग्रेसले सबैलाई समेटेर अघि बढ्ने बताउनुभयो। आफ्नो निर्वाचन क्षेत्रमा सोमबार आइपुग्नुभएका कांग्रेस सभापति थापाले सर्लाही ४ का विभिन्न स्थानमा पुगेर अगुवा नेता, कार्यकर्तासँगको भेटघाट तीव्र पार्नुभएको छ। कांग्रेस सभापति थापासँगै सर्लाही ४ बाट प्रतिस्पर्धामा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंह, नेकपा (एमाले)का अमनिसकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीका रजनिस राय, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादवलगायतका उम्मेदवार पनि घरदैलोमा व्यस्त रहनुभएको छ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...