राजेन्द्रकुमार राईको प्रतिबद्धता पत्रमा गाँजा समेटियो

Published on

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार राईले जिल्लाको समग्र विकासका लागि विस्तृत प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ। बुधबार धनकुटामा पत्रकार सम्मेलन गरी उहाँले गाँजा खेतीलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्ने, निर्दोष नागरिकमाथि भएका मुद्दा पुनरावलोकन गरी रिहाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। त्यस्तै राईले धरान–लेउती सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राख्ने, प्रदेश सरकारसँग समन्वय गरी धनकुटामा शिक्षण अस्पताल निर्माण गर्ने तथा चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकालाई नमुना सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनु भएको छ। 

त्यस्तै कृषि उत्पादनको व्यावसायिकरण, प्रशोधन र बजारीकरणमा जोड दिने योजना सार्वजनिक गरिएको छ। धनकुटामा चिया, अलैंची, सुन्तला, किवी, कफी, ड्रागन फललगायत उच्च मूल्यका कृषि उपजको उत्पादन र बजार विस्तार गरिने जनाइएको छ। पर्यटन प्रवद्र्धनअन्तर्गत धनकुटा सदरमुकामको ऐतिहासिक टुँडिखेललाई आधुनिक स्वरूपमा विकास गर्ने, विभिन्न धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको पूर्वाधार विस्तार गर्ने योजना समेत उम्मेदवार राईले अघि सारेका छन्। नाम्से झरना–नागे केवलकार, आधुनिक खेलमैदान, कोल्ड स्टोर निर्माण तथा अधुरा विकास परियोजना सम्पन्न गर्ने प्रतिबद्धता पनि समेटिएको छ। पत्रकार सम्मेलनमा बोल्दै राईले यी प्रतिबद्धता पुरा गर्न लागि पर्ने बताउनुभयो।

spot_img

ताजा समाचार

सहिद दिवसमा चक्रपथ परिक्रमा

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको...

क्युबालाई तेल आपूर्ति गर्ने देशमाथि ट्रम्पको कर धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशबाट आयात...

‘स्मार्ट रिफ्रेस सेन्टर’ अलपत्र

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको चन्द्रौटासहित पाँच स्थानमा करोडौं लगानीमा निर्माण सुरु...

भेनेजुएलाको तेल क्षेत्रमा निजीकरणको बाटो खुल्यो

काठमाडौं । भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार देशको तेल उद्योग सुधार सम्बन्धी नयाँ...