बैतडीमा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण सुरु

Published on

काठमाडौं । बैतडीमा पत्रकारका लागि एआई  मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो  । उक्त प्रशिक्षण कार्यक्रम पत्रकारिता लाई समयसापेक्ष, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत बहादुर साहले जानकारी दिनुभयो ।  प्रशिक्षण कार्यक्रममा डडेल्धुरा, बझाङ, दार्चुला र बैतडी जिल्लाका ४० जना क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ । 

प्रशिक्षणमा एआई प्रविधिको प्रयोग गरी समाचार सङ्कलन, फोटो तथा भिडियो सम्पादन, मोबाइलमार्फत समाचार उत्पादन, डिजिटल प्लेटफर्ममा सामग्री प्रकाशन लगायतका विषयमा व्यवहारिक जानकारी दिइने प्रशिक्षक विकास कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हीरा सार्कीले एआई सम्बन्धी तालिम आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।  उहाँले छिट्टै प्रेस रजिस्ट्रार गठन हुने, आम सञ्चार विधेयक पारित हुने प्रक्रियामा रहेको र पत्रकारिताको कुन पाटोमा सहयोग गर्दा अझ प्रभावकारी हुन्छ भन्ने विषयमा मन्त्रालयबाट आवश्यक बजेट व्यवस्थापन गर्न आफू तयार रहेको बताउनुभयो । दूरदराजका जिल्लाबाट रिपोर्टिङ गर्ने सञ्चारकर्मीहरूलाई दक्ष र प्रविधिमैत्री बनाउन यस्ता तालिमहरू आवश्यक रहेको अध्यक्ष साहको भनाइ छ । 

पछिल्लो समय पत्रकारितामा प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा यस्तो तालिम आयोजना गरिएको बताइएको छ ।नेपाल पत्रकार महासंघ बैतडी शाखाको आतिथ्यता रहेको उक्त कार्यक्रमको उद्‌घाटन सत्रमा बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  मिति २०८२ साल माघ १५ र १६ गते सञ्चालन हुने दुईदिने प्रशिक्षण कार्यक्रमबाट जिल्लाका पत्रकारहरू प्रविधिमैत्री पत्रकारितामा थप दक्ष बन्ने अपेक्षा गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...