दोलई खोलामा पुल, एक महिनामा २५ प्रतिशत काम

Published on

काठमाडौं । दाङको देउखुरीमा दोलई खोलामा पुल निर्माणको काम अघि बढेको छ । राप्ती गाउँपालिका वडा ४ को मौरीघाटस्थीत श्रीनारायण चोकदेखि वडा ९ को देविकोट जोड्ने श्रीनारायण–देवीकोट सडकखण्डअन्तर्गत दोलई खोलामा निर्माण हुन थालेको पुलको एक महिनामा करिव २५ प्रतिशत काम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकारको पाँच करोड २६ लाख ७३ हजार चार सय ५३ रुपियाँमा २०८४ जेठको १४ गते पुल निर्माणको काम सक्ने गरि २०८२ मङ्सिर १४ गते एम-एस शारदा श्री निर्माण सेवा लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो । मङ्सिरमा सम्झौता भएर पुसदेखि निर्माण कम्पनीले पुल निर्माणको काम सुरु गरेको थियो । करिव एक महिनामै पुलको फाउण्डेशनको काम सम्पन्न गरेको सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी एवं इन्जिनियर सागर मरासिनीले जानकारी दिनुभएको छ । समयमै पुल निर्माणको काम हुन नसकिरहेको समयमा दोलाई खोलामा भने पुल निर्माणको प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।  

४० मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको पुल चालु आर्थिक वर्षभित्र सक्ने गरि काम भइरहेको पुल निर्माणको जिम्मा पाएको एम÷एस शारदा श्री निर्माण सेवा लिमिटेडका प्रतिनिधि नारायण गिरीले बताउनुभयो । प्रतिनिधि गिरीका अनुसार तीन वटा पिलरमा दुई वटा स्पान हुने पुलको जमिनमुनि निर्माण गर्नुपर्ने काम सकिएको छ ।  २०८४ जेठमा सक्नुपर्ने पुल निर्माणको काम २०८३ जेठ महिनाभित्र सक्ने गरि काम भइरहेको भन्दै निर्माण कम्पनीका प्रतिनिधि गिरीले भन्नुभयो, ‘‘१८ महिनामा पुल निर्माणको काम सक्ने गरि गएको मङ्सिरमा ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणको काम चालु आर्थिक बर्षका जेठसम्म सक्ने गरि काम भइरहेको छ ।’’ पुल निर्माणको काम सकिएपछि राप्ती गाउँपालिकाको दर्गम बस्ती देवीकोटका स्थानीयलाई गाउँपालिकासँगै भालुवाङ बजार आउन–जान सहजता हुनेछ । खोलामा पुल नहुँदा वर्षाको समयमा बर्सेनी स्थानीयले दुःख पाउने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...