सहिद दिवसमा चक्रपथ परिक्रमा

Published on

काठमाडौं । सहिद दिवस २०८२ को अवसरमा पैदलयात्रीले शुक्रबार काठमाडौं चक्रपथ (रिङरोड) परिक्रमा गर्नुभएको छ । २७ किलोमिटर (१७ माइल) लम्बाइ रहेको चक्रपथको दूरी पार गर्न करिब ६ घण्टा समय लागेको पैदलयात्रीहरुको भनाइ छ ।पैदलयात्री सुरथ पोखरेलका अनुसार विहान ६ः३० बजे सुरुभएको चक्रपथ पैदलयात्रा अपरान्ह १ बजे पूरा भएको थियो । कलंकी चोकबाट सुरुभएको पैदलयात्रा स्वयम्भु, बालाजु, महाराजगञ्ज, गौसला, तीनकुने, कोटोश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, धोवीघाट, बल्खु हुँदै कलंकी चोकको यात्रा पूरा भएको उहाँले बताउनुभयो । पोखरेलको साथमा कलंकी निवासी स्थानीय समाजसेवी विष्णु सापकोटा र लक्ष्मीनारायण श्रेष्ठ रहनुभएको थियो । 

अरुबेला गाडीमा चक्रपथको परिक्रमा प्रायः धेरैले गर्ने भए पनि पैदलयात्रा गरेर चक्रपथको यात्रा पूरा गर्नेहरु निकै कम रहेको पैदलयात्री पोखरेलले बताउनुभयो । उहाँका अनुसार सहिद दिवसको विशेष अवसरमा सहिदहरुको स्मृतिमा चक्रपथको परिक्रमा गरिएको हो । पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको उपसचिव र गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्य हुनुहुन्छ । बाँकी दुई जना पैदलयात्री स्थानीय समाजसेवी हुनुहुन्छ । विहान चक्रपथको पैदलयात्र गर्न रमाइलो अनुभुति भएको पैदलयात्री श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...