आहारारा पोखरा गोल्ड कपको पुरस्कार राशि वृद्धि

Published on

काठमाडौं । पोखराको प्रतिष्ठित आहारारा पोखरा गोल्ड कपको पुरस्कार राशि वृद्धि भएको छ । आयोजक सहारा क्लबले २५ औँ आहारारा पोखरा गोल्ड कपको पुरस्कार राशि वृद्धि गरिएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । २५ औँ संस्करणको आहाररा गोल्ड कपमा विजेता बन्ने टिमले नगद पुरस्कार १४ लाख १ हजार पाउने सहारा क्लबका अध्यक्ष केशवबहाुदर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उपविजेताले सात लाख एक हजार रुपियाँ पुरस्कार पाउने छ ।

अघिल्लो वर्षको २४ औँ आहारारा गोल्डकको विजेतालाई १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपियाँ प्रदान गरिएको थियो । माघ २७ गतेदेखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागी हुने क्लबका सदस्य सचिव गङ्गाराम पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा एडिभिजन क्लब, आयोजक सहारा क्लब, ४ विदेशी टिमसहित १२ टिम सहभागी हुने छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, मनाङ मस्याङ्दी क्लब, प्लानिङ ब्बाइज युनाइटेड, थनडरवोल्ड नर्थ युनाइटेड सिक्किम भारत, गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङ, आभा फुटबल क्लब उज्वेकिस्तान, चर्चा क्बाइज युनाइटेड, एपिएफ क्बल, जाउलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, सहारा क्लब र भारतको एक टिम सहभागी हुने पौडेलले बताउनुभयो ।

आहारारा पोखरा गोल्ड कप रजत वर्ष २५ औँ मा प्रवेश गरेको अवसरमा पहिलो पटक पोखरामा फल्डलाइट जडान गरी साँझमा पनि खेल खेलाउन लागिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार यो पटक उपाधी जित्ने गरी आयोजकको पनि बलियो टिम बनाउने गरी तयारी गरिएको उहाँको भनाइ छ । २४ औँ आहारारा पोखरा गोल्ड कपको उपाधी उज्बेकिस्तानको ब्ल्याक बुल्सले जितेको थियो । नेपाल पुलिस क्लब उपविजेत बनेको थियो । गत वर्ष उपाधी जितेको टोली आभा फुटबल क्लब उज्वेकिस्तानको नाममा आहारारामा सहभागी हुने क्लबले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

चितवनमा बाह्य खोप केन्द्र सञ्चालन नगरिने

काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सर हुन नदिने भ्याक्सिन एचपिभी खोप का लागि  चितवनमा ...

बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्नका लागि बाँकेमा...

जेनजी आन्दोलनमा लुटिएको हतियारसहित दुई पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको...

२६ औँ बुढासुब्बा गोल्डकपको तयारी पुरा

काठमाडौं । २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।...