कैलाली क्षेत्र ५ मा चार उम्मेदवारबिच रोचक प्रतिस्पर्धा

Published on

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) ले आलोपालो जित हात पार्दै आएको कैलाली निर्वाचन क्षेत्र ५ मा यस पटकको निर्वाचनमा नयाँ उम्मेदवारबिच रोचक प्रतिस्पर्धा हुने भएको छ । विगतका निर्वाचनमा उम्मेदवार दोहोरिएकोे यो क्षेत्रमा यस पटक सबै राजनीतिक दलबाट नयाँ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएकाले उहाँहरूबिच रोचक प्रतिस्पर्धा हुने भएको हो । विगतमा कांग्रेस र एमालेको दबदबा रहेको यो क्षेत्रमा अब कसले बाजी मार्ला भन्ने कुरा चासोको विषय बनेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको क्षेत्र नम्बर ५ मा कांग्रेसले नरनारायण शाह (मनु), एमालेले यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री प्रेम आले, राष्ट्रिय स्वतन्त्र पार्टीले आनन्दबहादुर चन्दलाई चुनावी मैदानमा उतारेको छ । 

यो क्षेत्रमा स्वतन्त्र उम्मेदवार प्यारेलाल राना थारूसहित विभिन्न दलका गरी जम्मा १५ उम्मेदवारले उम्मेदवारी दिनुभएको छ । मुख्य चार राजनीतिक दलबिच प्रतिस्पर्धा हुने मतदाताको आँकलन छ । शाह, ढुङ्गाना र चन्द पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएको छ । आले यसअघि डोटीबाट निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार डा. आरजु राणा देउवालाई पाँच हजार मतान्तरले पराजित गरी यो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार नारदमुनि राना थारू विजयी हुनुभएको थियो । रानालाई २७ हजार २०२ र राणालाई २२ हजार ३२२ मत प्राप्त भएको थियो ।  

मुख्य चार राजनीतिक दलबिच प्रतिस्पर्धा हुने मतदाताको आँकलन छ । शाह, ढुङ्गाना र चन्द पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएको छ । 

२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा अघिल्लो निर्वाचनमा जित्नु भएका एमालेका रानालाई पराजित गरी नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित हुनुभएको थियो । पन्तको पक्षमा २१ हजार ३९२ मत आउँदा रानाले २० हजार ३१८ मत पाउनुभयो । एक हजार ७४ मतले पराजित रानालाई यस पटक पनि उम्मेदवारीका लागि सिफारिस गरिएको थियो । तर एमालेले नयाँ अनुहार ढुंगानालाई मौका दिएको छ । उहाँ एमाले कैलाली अध्यक्ष पनि हुनुहुन्छ ।  २०७९ को स्थानीय तहको निर्वाचनमा क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले जित प्राप्त गर्नुभएको थियो । उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना थारूले जित हात पार्नुभएको थियो ।  

नेपाली कांग्रेसका उम्मेदवार शाहले नयाँ पार्टीसँग नभई पुरानै दलसँग आफ्नो प्रतिस्पर्धा हुने आँकलन गर्नुभएको छ । नयाँ पुरानो दलभन्दा पनि व्यक्ति हेरेर मतदाताले मत दिने र उपयुक्त व्यक्ति आफू रहेको उहाँको विश्वास छ । नेकपा (एमाले) का नेता एवम् प्रदेश सभा सदस्य धर्मराज पाठकले एमालेको आफ्नो सङ्गठन चुस्तदुरुस्त हुनु र कुनै पनि किसिमको विवाद नरहनूले एमाले उम्मेदवार जित्ने विश्वास गर्नुहुन्छ । लोकतन्त्र, सङ्घीय गणतन्त्र, देश बनाउने मुद्दा, राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा गरिएको कामका कारण जनताले एमाले उम्मेदवार ढुङ्गानालाई जिताउने उहाँको भनाइ छ ।प्रतिस्पर्धामा रहनुभएका ढुङ्गानाले आफू लोकप्रिय मतका साथ विजयी हुने बताउनुभयो । युवा पुस्ताको प्रतिनिधित्व आफूले गर्ने र यहाँको शिक्षा, स्वास्थ्य, रोजगार, आर्थिक समृद्धिको मुद्दालाई आफूले प्रमुख मुद्दाको रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । चुनावी प्रतिस्पर्धामा रहेका सबै उम्मेदवारले मतदाता भेट्ने, प्रचार–प्रसार गर्ने कामलाई तीव्रता दिएका छन् । गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...