सुपर काबेली ‘ए’ ले शेयर निष्कासन गर्ने

Published on

काठमाडौं । सुपर काबेली  ‘ए’ जलविद्युत आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।  आयोजनाका अति प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० र आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गर्न लागिएको आयोजना जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार सिरिजङ्गा गाउँपालिकाको वडा ८ याम्फुदिनमा निर्माण गरिएको जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र याम्फुदिन रहेको छ। 

आयोजनाको प्रभावित क्षेत्र सिरिजङ्गा गाउँपालिका –१ सिनाम, वडा २ आम्बेगुदिन, वडा ३ सिकैचा, वडा ४ तेल्लोक, वडा ५ पेदाङ, वडा ६ मामाङ्खे र वडा ७ खेवाङसहित सिदिङ्वा गाउँपालिका –५ लिम्बुदिन र वडा ६ मेहेले, पाथीभरा याङवरक गाउँपालिका –५ चाक्सिबोटे र वडा ६ थुम्बेदिन साथै पाँचथरको हिलिहाङ गाउँपालिका –१ रहेको छ। आयोजनाका जनसम्पर्क अधिकृत ढुङ्गानाका अनुसार साधारण शेयर निष्कासनका लागि अनुमति प्राप्त भइ अबको केही अवधिमै शेयर निष्कासनको सार्वजनिक आवह्वान गर्ने तयारी छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली  ‘ए’ जलविद्युत आयोजनाबाट यसअघि नै औपचारिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ। 

सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको १३२ केभिए क्षमताको अमरपुर सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । याम्फुदिनस्थित विद्युत गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सवस्टेसनसम्मको विद्युत प्रसारण प्रणालीमार्फत सुपर काबेली  ‘ए’ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ । २०७९ साल मंसिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण २ अर्ब ६३ करोड २९ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...