तनहुँ जलविद्युत आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन

Published on

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष हितेन्द्र देव शाक्यले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले आयोजनाका विभिन्न प्याकेजअन्तर्गत भइरहेका कामहरूको मसिनो गरी अवलोकन गर्दै निर्माण कार्यलाई तोकिएकै समयतालिकाभित्र सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ ।

कार्यकारी निर्देशक शाक्य नेतृत्वको उच्चस्तरीय टोलीले आइतबार प्याकेज–१ अन्तर्गतको मुख्य बाँध निर्माण स्थल, प्याकेज–२ अन्तर्गतको विद्युतगृह, मुख्य सुरुङ र इन्टेक लगायतका महत्त्वपूर्ण संरचनाहरूको अवलोकन गरेको थियो । सो अवसरमा शाक्यले आयोजनाको भौतिक प्रगतिबारे जानकारी लिँदै राष्ट्रिय गौरवको यो आयोजनाले मुलुकको ऊर्जा क्षेत्रमा ठूलो महत्व राख्ने भएकाले निर्माणमा संलग्न सबै पक्षलाई पूर्ण जिम्मेवारी र तत्परताका साथ खटिन आग्रह गर्नुभयो । उहाँले निर्माणका क्रममा आइपर्ने प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरूलाई तत्काल समाधान गर्दै कामको गतिलाई अझ तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

आयोजनाको प्रगतिबारे चर्चा गर्दै आयोजना प्रमुख श्यामजी भण्डारीले प्याकेज–१ अन्तर्गत बाँध निर्माणको कार्य ४७ प्रतिशत पुगेको र १४० मिटर अग्लो बाँधको कङ्क्रिटिङ कार्य सुरु भइसकेको जानकारी दिनुभयो । यसैगरी, प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको विद्युतगृह र भूमिगत संरचनाको काम ७२.५ प्रतिशत सकिएको छ भने प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइनको प्रगति ७४.५ प्रतिशत पुगेको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा कार्यकारी निर्देशक शाक्यले आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग संयुक्त छलफल गर्दै वातावरणीय तथा सामाजिक सुरक्षणका विषयमा पनि चासो व्यक्त गर्नुभयो । उहाँले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयहरूसँग समन्वय भइरहेको बताउँदै आयोजनामा कुनै पनि बहानामा ढिलाइ सह्य नहुने स्पष्ट पार्नुभयो ।

कुल ५० करोड ५० लाख अमेरिकी डलर लागत अनुमान गरिएको यस आयोजनामा एसियाली विकास बैंक (एडीबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), युरोपियन लगानी बैंक र नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी रहेको छ । राष्ट्रिय प्रणालीको भार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य राखिएको यो जलाशययुक्त आयोजनालाई निर्धारित समयभित्रै सञ्चालनमा ल्याउन नेतृत्व तहबाट निरन्तर निगरानी र निर्देशन भइरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...