सुनको भाउ प्रतितोला १३ हजार ४०० ले घट्यो

Published on

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु १३ हजार ४०० ले घटेको छ । आइतबार प्रतितोला रु तीन लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर रु दुई लाख ८६ हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मोल पनि घटेको छ । आइतबार प्रतितोला रु पाँच हजार ५०० मा कारोबार भएको चाँदी आज रु पाँच हजार दुई सयमा कारोबार भइरहेको छ । 

यही माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । महासङ्घका अनुसार उक्त दिन सुनको मोल प्रतितोला रु तीन लाख ३९ हजार ३०० पुगेको थियो । सुनको मूल्य तोलामा तीन दिनमा रु ५२ हजार ७०० ले घटेको हो । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...