साफ यु–१९ महिला फुटबल : भारतलाई हराउँदै बङ्गलादेश फाइनल नजिक

Published on

काठमाडौं । बङ्गलादेश पोखरामा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हरायो । बङ्गलादेशका लागि २९औँ मिनेटमा टिम कप्तान अर्पिता विश्वासले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । मामोनी चक्काले प्रहार गरेको फ्रिकिक पिपक्षी किपर मुन्नीबाट रिबाउन्ड बललाई गोलमा परिणत गर्नुभएको हो । 

४०औँ मिनेटमा स्रिमोती तिर्सना रानीले मिलाइदिएको पासलाई अल्पी अक्तरले पोस्टको दिशा दिँदा बलले जाली चुमेको थियो । खेलमा प्लेयर अफ दि म्याच उहाँ नै हुनुभयो । आजको खेलमा भारतले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । खेलको  सातौँ मिनेट प्रितिका बरमान मिलाएको पासलाई पारलले प्रहार गर्दा विपक्षी किपर अरजानले बचाउनुभयो ।

५१औँ मिनेटमा अनुस्का कुमारीले प्रहार गरेको बललाई बङ्गलादेशकी किपरले बचाउनुभयो । भारतका प्रशिक्षक पामेला कोन्टले खेलमा हार जित  स्वभाविक भएको बताउँदै खेलाडीले फिनिसिङ गर्न नसक्दा हार भएको बताउनुभयो । दोस्रो खेल नेपाल र भुटानबिच भइरहेको छ । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि छ । भारतसँग १–० ले पराजित भएको नेपाल जित निकाल्ने दाउमा छ । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...