साफ यु–१९ महिला फुटबल : भारतलाई हराउँदै बङ्गलादेश फाइनल नजिक

Published on

काठमाडौं । बङ्गलादेश पोखरामा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला फुटबलको फाइनल नजिक पुगेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले हरायो । बङ्गलादेशका लागि २९औँ मिनेटमा टिम कप्तान अर्पिता विश्वासले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । मामोनी चक्काले प्रहार गरेको फ्रिकिक पिपक्षी किपर मुन्नीबाट रिबाउन्ड बललाई गोलमा परिणत गर्नुभएको हो । 

४०औँ मिनेटमा स्रिमोती तिर्सना रानीले मिलाइदिएको पासलाई अल्पी अक्तरले पोस्टको दिशा दिँदा बलले जाली चुमेको थियो । खेलमा प्लेयर अफ दि म्याच उहाँ नै हुनुभयो । आजको खेलमा भारतले पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । खेलको  सातौँ मिनेट प्रितिका बरमान मिलाएको पासलाई पारलले प्रहार गर्दा विपक्षी किपर अरजानले बचाउनुभयो ।

५१औँ मिनेटमा अनुस्का कुमारीले प्रहार गरेको बललाई बङ्गलादेशकी किपरले बचाउनुभयो । भारतका प्रशिक्षक पामेला कोन्टले खेलमा हार जित  स्वभाविक भएको बताउँदै खेलाडीले फिनिसिङ गर्न नसक्दा हार भएको बताउनुभयो । दोस्रो खेल नेपाल र भुटानबिच भइरहेको छ । नेपाल पहिलो हाफमा १–० गोलले अगाडि छ । भारतसँग १–० ले पराजित भएको नेपाल जित निकाल्ने दाउमा छ । प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश सहभागी छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ज्ञानेन्द्र शाहीको फराकिलो अग्रता

काठमाडौं । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७...

झापा–४ मा रास्वपाको अग्रता

काठमाडौं । झापाको क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्भुप्रसाद ढकालले सुरुवाती अग्रता लिनुभएको...

पाँचथरमा मतगणना सुरु

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत पाँचथरमा मतगणना कार्य सुरु भएको छ । जिल्लाको...

नवलपुरका दुबै क्षेत्रमा रास्वपाको सुरुवाती अग्रता

काठमाडौं । नवलपुरका दुबै निरणवाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको...