निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दो : प्रमुख दलकै उम्मेदवारविरुद्ध बढी उजुरी

Published on

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै गर्दा पश्चिम नवलपरासी जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाहरू तीव्र रूपमा बढ्न थालेका छन् । चुनावी सरगर्मी बढे पनि उम्मेदवारहरूले कानुनी सीमा मिचेर गतिविधि सञ्चालन गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय र प्रशासनमा उजुरी थालेका हुन्। जिल्लामा निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुखलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रबाट ५५ जना उम्मेदवारहरू (२३ स्वतन्त्रसहित) चुनावी मैदानमा छन्। निर्वाचन आयोगले गत माघ ४ गतेदेखि नै देशभर आचारसंहिता लागू गरेको भए पनि पश्चिम नवलपरासीमा त्यसको प्रभावकारी कार्यान्वयन नभएको गुनासो बढेको छ।

अनुगमन समितिका अनुसार सबैभन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरी मध्ये प्रमुख राजनीतिक दलका उम्मेदवारहरू विरुद्ध रहेका छन्। उनीहरूविरुद्ध स्वतन्त्र उम्मेदवार, अन्य साना दल र सर्वसाधारण मतदाताले उजुरी दिएका हुन् । हालसम्म लिखित मैखिक र इमेल तथा विभन्न सामाजिक सञ्जाल मार्फत हालसम्म १० वटा उजुरीहरू दर्ता भइसकेका छन् । अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीका अनुसार परेका उजुरीहरूमाथि छानबिन सुरु भइसकेको छ। “उजुरी दिने बित्तिकै तत्काल कारबाही भइहाल्ने होइन, यसको आफ्नै प्रक्रिया हुन्छ। तर, आचारसंहिता विपरीतका गतिविधि पुष्टि भएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ,” भण्डारीले बताउनुभयो।

निर्वाचन कानुनअनुसार उम्मेदवारहरूले आगामी फागुन ४ देखि १८ गतेसम्म मात्रै औपचारिक रूपमा चुनावी प्रचारप्रसार गर्न पाउने व्यवस्था छ । तर जिल्लामा उम्मेदवारहरूले यो समयसीमा भन्दा अगावै विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने र मतदाता प्रभावित पार्ने गतिविधि गरेको पाइएको छ। पछिल्ला निर्वाचनहरूको तुलनामा यस पटक आचारसंहितामा कडाइ गरिएको भनिए पनि व्यवहारमा भने उम्मेदवारहरूले नियम मिच्ने क्रम नरोकिएको स्थानीयहरूको बुझाइ छ। गोरखापत्र

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...