गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार कास्कीमा दुई हजार आठ, तनहुँमा एक हजार पाँच सय ७३, गोरखामा दुई हजार दुई सय चार, मनाङमा दुई सय ३३, मुस्ताङमा दुई सय ६६, लमजुङमा एक हजार दुई सय १०, स्याङ्जामा एक हजार नौ सय ४७, नवलपुरमा एक हजार पाँच सय ४३, म्याग्दीमा सात सय ६५, बागलुङमा एक हजार दुई सय ९८८ र पर्वतमा नौ सय ६५ जना निर्वाचन प्रहरी परिचालन हुने छन् । एघार वटै जिल्लामा निर्वाचन प्रहरीको छनोट भई नियुक्ति र तालिम प्रक्रिया सुरु भइसकेको छ ।

नेपाल प्रहरीतर्फ गोरखामा एक हजार तीन, मनाङमा एक सय ६३, लमजुङमा छ सय छ, कास्कीमा नौ सय ५७, तनहुँमा आठ सय ३८, स्याङ्जामा नौ सय ४०, नवलपुरमा आठ सय १८, मुस्ताङमा दुई सय दुई, म्याग्दीमा चार सय ११, बागलुङमा छ सय ५८ र पर्वतमा चार सय ३९ जना खटिने छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...