इलाका प्रशासनको भवन निर्माण सम्पन्न

Published on

काठमाडौं । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी बनाइएको इलाका प्रशासन कार्यालय मङ्गलबारेको नयाँ भवन निर्माण सम्पन्न भएको छ । सदरमुकामबाट पश्चिममा रहेको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा निर्माण गरिएको उक्त एक तले भवन सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको दुुई करोड रुपियाँ लगानीमा निर्माण सम्पन्न भएको हो । 

भवन निर्माण भएपछि इलामको देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने छन् । नागरिकता बनाउन, राष्ट्रिय परिचयपत्रको फोटो खिचाउनेलगायतका काम इलाका प्रशासनबाटै हुने गरेको छ । घर भाडामा लिएर सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयलाई यो सुविधा सम्पन्न भएपछि सेवालाई सहज बनाउन थप सहयोग मिल्ने सघन सहरीका सब–इन्जिनियर सिपी शर्मा गड्तौलाले बताउनुुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...