तथ्य र विश्वसनीयताको जगमा गोरखापत्र र महानगरबिच सहकार्य

Published on

काठमाडौं । सूचनाको महासागरमा सही र तथ्यपूर्ण जानकारी प्रवाह गर्न काठमाडौँ महानगरपालिका र गोरखापत्र संस्थानबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ। महानगरका सार्वजनिक सूचना र विज्ञापनहरूलाई आधिकारिक रूपमा जनतासम्म पुर्‍याउन यी दुई संस्थाबिचको सहकार्यले निरन्तरता पाएको हो। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले समाचारको प्राण भनेकै यसको निष्पक्षता र सन्तुलन भएको बताउनुभयो। “सूचनाको भीडमा कतै नागरिकहरू भ्रमको शिकार त भइरहेका छैनन्?” भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, “अब हामीले आफैँलाई नियाल्ने बेला आएको छ। समाचारमा तथ्य मर्नु हुँदैन र विश्वसनीयतामा आँच आउनु हुँदैन। गोरखापत्रले यो मर्यादालाई सधैँ जोगाउनेछ भन्ने मेरो विश्वास छ।”

प्रवक्ता मानन्धरको रोहवरमा भएको उक्त समझदारी पत्रमा महानगरका सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपाल र संस्थानका व्यापार प्रवर्धन विभाग प्रमुख गंग बहादुर पन्थीले हस्ताक्षर गर्नुभयो। यो समझदारी महानगरवासीलाई सुसूचित गराउने एउटा भरपर्दो सेतु पनि हो। यस सहकार्यले अब सूचनाको पहुँचलाई अझ आधुनिक र सहज बनाउनेछ। छापा माध्यमको गाम्भीर्य र डिजिटल प्रविधिको गतिलाई संयोजन गर्दै महानगरका हरेक गतिविधि अब नागरिकको हातहातमा पुग्नेछन्। चाहे त्यो सूचनाको खोजी होस् वा ऐतिहासिक अभिलेखको संरक्षण, दुवै पक्षले अब प्रविधिको उच्चतम् प्रयोग गर्ने लक्ष्य राखेका छन्। महानगरको पारदर्शिता र गोरखापत्रको ऐतिहासिक साखको यो मिलापले सूचनाका भोका पाठकहरूलाई सत्य र तथ्यको नजिक पुर्‍याउने अपेक्षा गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...