मतदाताको घरदैलोमा उम्मेदवार

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सुनसरीका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेपछि चुनावी सरगर्मी बढेको छ। मुख्य राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्म मतदाताका घरघरमा पुगेर आफ्ना चुनावी रणनीति, योजना र प्रतिबद्धता सार्वजनिक गर्न थालेका कारण चुनावी माहोल तातेको हो।

चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबै उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्न र मतदाता फकाउन घरदैलो अभियानमा जुटेकाले चुनावी गतिविधि बढेको स्थानीयहरूले बताएका छन्। यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, नयाँ श्रमशक्ति पार्टी र उज्यालो पार्टीसहित २८ वटा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १०८ जना प्रतिस्पर्धामा रहेका छन्।

सुनसरी क्षेत्र नम्बर–३ मा पूर्वमन्त्री तथा नेकपा (एमाले) की उम्मेदवार भगवती चौधरी र नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार दैनिकजसो गाउँटोलमा मतदातासँग भेटघाट गरिरहनुभएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अशोककुमार चौधरी तथा नेकपाका उम्मेदवार दुर्गेश चौधरीले पनि घरदैलो अभियान तीव्र बनाउनुभएको छ। पुराना ठुला दल र नयाँ शक्तिबिच कडा प्रतिस्पर्धा हुने भएकाले सबै उम्मेदवार मतदाताको घरदैलोमा केन्द्रित भएका छन्।

गत माघ ६ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूले दुई हप्तासम्म वडावडामा सम्पर्क कार्यालय स्थापना गरेका थिए भने शनिबारदेखि घरदैलो अभियानलाई तीव्रता दिएका छन्। उम्मेदवारहरूले निर्वाचन परिचालन समिति, प्रचारप्रसार समिति तथा दलित, महिला, मुस्लिम, जनजाति, युवा लगायतका विभिन्न समूहका छुट्टाछुट्टै परिचालन समिति गठन गरी अभियान सञ्चालन गरिरहेका छन्। गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...