बैतडीमा तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता

Published on

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ ।शनिबारसम्म जिल्ला प्रहरी कार्यालय बैतडीमा ३ सय ८७ नाल इजाजतप्राप्त भरुवा बन्दुक बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । बन्दुकमा प्रयोग हुने गोली भने हालसम्म कसैले पनि फिर्ता नगरेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त सबै हातहतियार र गोलीगठ्ठा फिर्ता बुझाउन निर्देशन दिएको थियो । तर तोकिएको अवधिभित्र सबै हातहतियार फिर्ता नआएपछि थप सूचना प्रकाशित गर्दै म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजत प्राप्त हात हतियार फिर्ता बुझाउन सूचना मार्फत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

भोलिदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको तयारी पुरा, पहिलोपटक डीआरएस प्रयोग हुँदै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल...

कोजाग्रत पूर्णिमासँगै आज बडादसैँ पर्व समापन हुँदै

काठमाडौं । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै...

स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, राष्ट्रियतामाथि अवमूल्यन भएको टिप्पणी

काठमाडौं – नेपाल-भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी...

कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौं - आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा...