बाँकेका तीन पालिकाका निर्माणाधीन प्रशासनिक भवन अलपत्र

Published on

काठमाडौं । निर्माण कम्पनीको लापरबाहीले बाँके जिल्लाका तीन वटा स्थानीय तहका निर्माणाधीन प्रशासनिक भवन अलपत्र परेका छन् ।निर्माण गर्ने समयावधि सकिएको एक वर्ष बितिसक्दा पनि जिल्लाको कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र नरैनापुर गाउँपालिकाका प्रशासनिक भवनको निर्माण सम्पन्न हुन सकेको छैन । तोकिएको समयमा निर्माण पुरा नहुँदा ती भवन अलपत्र परेका हुन् । निर्माण कम्पनीले समयमै काम नगरे पनि स्थानीय तहले म्याद थप्दै जाने प्रवृत्तिले प्रशासनिक भवन झनै अलपत्र परेको देखिएको छ । कोहलपुर नगरपालिकाले २०७९ साल असारमा २०८१ पुस मसान्तसम्ममा सम्पन्न गर्ने गरी १५ करोड ३८ लाखमा भवन निर्माण गर्ने जिम्मा एशोसिएट रञ्जितकार जया भवानी जेभीलाई दिएको थियो । तर उक्त म्याद सकिएको एक वर्ष बित्दा पनि भवन निर्माण सम्पन्न भएको छैन ।

निर्माण कम्पनीले दिएको निवेदनअनुसार म्याद थप गरे पनि सन्तोषजनक रूपमा काम अगाडि बढ्न नसकेको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले बताउनुभयो। सोही प्रकारले २०७९ सालमा निर्माण पूरा गर्नुपर्ने जानकी गाउँपालिकाको प्रशासनिक भवन पनि अझै अधुरै छ । सो भवन पाँच वर्षअघि चार करोड २२ लाख ८४ हजार ७१० रुपियाँमा निर्माण सुरु भएकोमा हालसम्म भौतिक प्रगति ८० प्रतिशत मात्र पूरा भएको छ । यसैगरि नरैनापुर गाउँपालिकाको नयाँ प्रशासनिक भवन पनि अझै गाउँपालिकाले प्रयोग गर्न सकेको छैन । २०७९ असोज ३१ गते महालक्ष्मी–जुगल बिल्डर्स जेभीले निर्माण सम्झौता गरेको भवन निर्माणका लागि ६ करोड ८० लाख ३१ हजारमा ठेक्का सम्झौता गरेको थियो । 

तर, समयमै काम सम्पन्न नभएपछि पालिकाले भवन निर्माणका लागि पटकपटक म्याद थप्दै आएको छ । भवन निर्माण सम्पन्न नहुँदा जनतालाई सेवा प्रवाहमा असुविधा भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताउनुभयो । उता, बाँकेकै खजुरा गाउँपालिकाले प्रशासनिक भवन निर्माण नसकिँदै निर्माणाधीन भवनबाटै सेवा सुरु गरेको छ । खजुरा गाउँपालिका–३, बीगाउँस्थित निर्माणाधीन प्रशासनिक भवनबाटै सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रशासनिक भवनको अधिकांश संरचना निर्माण सकिएको र थोरै काम मात्र बाँकी रहेको छ । विद्युत्, वाइरिङ, पानी निकास जस्ता प्राविधिक संरचना जडान भइरहेको छ । पाँच करोड ३६ लाख चार हजार ८१५ रुपियाँको लागतमा एम के जुगल जेभीले सो भवन निर्माण गरिरहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...