‘हाम्रो मागअनुसार देश निर्वाचनमा गयो’ — प्रचण्ड

Published on

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले अघि सारेको मागअनुसार नै सिङ्गो मुलुक निर्वाचनमा होमिएको दाबी गर्नुभएको छ । नेकपा काठमाडौँ क्षेत्र नम्बर–५ ले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताउनुभयो । नेपालभित्र रहेका सबै कम्युनिष्ट शक्ति अट्न सक्ने गरी पार्टी गठन गरिएको उहाँको भनाइ छ । “नेपाली कम्युनिष्ट पार्टीमा हाल साना–ठूला गरी २६ वटा पार्टी समाहित भएका छन् । हजारौँ कार्यकर्ता पार्टीमा जोडिइसकेका छन्,” प्रचण्डले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले नेकपाले सुरुदेखि नै निर्वाचनको माग गर्दै आएको र अहिले त्यही मागअनुसार देश निर्वाचन प्रक्रियामा प्रवेश गरेको उल्लेख गर्नुभयो । उहाँका अनुसार नेकपा दिनप्रतिदिन बलियो बन्दै गएको छ र जनताको भरोसाको केन्द्रका रूपमा स्थापित हुँदैछ । सामाजिक सञ्जालमा पपुलिज्मको नाममा लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भइरहेको उल्लेख गर्दै दाहालले त्यसको प्रतिवाद गर्न नेकपा मजबुत विकल्प बनेको दाबी गर्नुभयो । देशैभर नेकपाप्रति जनलहर बढ्दै गएको र पार्टीले अघि सारेका नीतिप्रति जनताको आशा र विश्वास थपिँदै गएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेकपा काठमाडौँ क्षेत्र नम्बर–५ की प्रतिनिधिसभा सदस्य उम्मेदवार कल्पना शर्माले जेनजी आन्दोलनपछि देश नयाँ दिशातर्फ अघि बढेको बताउनुभयो । जेनजी आन्दोलनलाई संस्थागत रूपमा स्थापित गर्न आगामी निर्वाचनमा नेकपाको जित आवश्यक रहेको उहाँको भनाइ छ । त्यस्तै, नेकपा काठमाडौँ क्षेत्र नम्बर–६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिमाल शर्माले जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात गर्दै नेकपा नयाँ चुनाव चिह्नसहित चुनावी मैदानमा उत्रिएको बताउँदै पार्टीलाई जिताउन आग्रह गर्नुभयो । कार्यक्रममा वरिष्ठ खेलाडी रेनुका श्रेष्ठसहित दर्जनौँ व्यक्ति एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका थिए ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...