काठमाडौं । कमल गाउँपालिकामा घरदैलो अभियानमा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय विकासका विषयमा सुझाव संकलन गर्नुभएको छ। साहले फागुनको पहिलो सातासम्ममा सबै योजना सार्वजनिक गर्ने वचन दिनुभयो। “हामी अहिले तपाईहरुको कुरा सुन्न र भावना बुझ्न आएका हौं। पूर्वी नेपालका विभिन्न जिल्लामा भ्रमण गरिसकेपछि यहाँको समस्या र माग अनुसार योजना बनाउनेछौं,” उहाँले भन्नुभयो।
उहाँले थप्नुभयो, “पैसा नहुनेले पनि उपचार र शिक्षा पाउनु पर्छ, पैसा हुनेले व्यवसाय गर्न पाउनु पर्छ।” स्थानीयले साहसमक्ष विकास सम्बन्धी समस्या, जग्गा सम्बन्धी धनीपुर्जा र नक्सासम्बन्धी जिज्ञासा राखेका छन्। साहका सचिवालय सदस्यहरूले सबै माग र सुझाव टिपोट गरी एकैसाथ सम्बोधन गर्ने योजना रहेको जानकारी दिनुभयो।

