नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी

Published on

काठमाडौं । नसर्ने रोग नियन्त्रणका लागि बर्दियाको बाँसगढी नगरपालिकाले घर घरमा स्वास्थ्यकर्मी पठाएको छ । तीस वर्षभन्दा माथिका नागरिकहरूको स्वाथ्य चेकजाँचको लागि घर घरमा स्वासथ्यकर्मी पठाएको हो । घर घरमा पुगेर स्वास्थ्यकर्मीको टोलीले रक्तचाप, मधुमेह, मृगौला रोग, मोटोपन लगाएतका समस्याहरू पत्ता लगाउने गरेका छन् । बिरामीको रगत र पिसाब चेकजाँच गरि समस्या पत्ता लगाउने गरिएको छ । सामान्य समस्या भएमा घर मै औषधी उपचार गर्ने र जटिल समस्या भएमा वा चिकित्सकको नै सल्लाह लिनुपर्ने देखिएमा नगरअस्पताल वा अरु अस्पतालमा रिफर गर्ने गरिएको छ । टोलको पायक पर्ने स्थानमा शिविर सञ्चालन गर्ने र आउन नसक्ने बिरामीको लागि घरमै गएर चेक जाँच गर्ने गरिएको स्वास्थ्यकर्मीले बताएको छन् । गत माघ १६ देखि सुरु गरिएको स्वास्थ्य परिक्षण एक महिना सम्म सञ्चालन हुने छ । सम्पूर्ण वडा सुरु गरिएको घरदैलो परिक्षण कार्यक्रममा हाल सम्म दुई हजार एक सय जनाको परिक्षण गरिसकिएको छ । जसमध्ये एक हजार एक सय २८ जनालाई विभिन्न समस्या देखिएको बाँसगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुलबहादुर विष्टले बताउनुभयो । 

उहाँले परिक्षण गरिएका मध्ये करिब ५३ प्रतिशतमा समस्या देखिएको बताउनुभयो । हाल सम्म परिक्षण गरिएका मध्ये उच्च रक्तचाप भएका चार सय चार जना, मधुमेह भएका तीन सय ६० जना, पिसाब जाँच गर्दा मृगौलामा समस्या देखिएका एक सय ९४ जना र मोटोपनको समस्या देखिएका एक सय ७० जना फेला परेको उहाँले बताउनु भयो । तत्काल उपचार थप चेक जाँचको लागि बाँसगढी नगरपालिकामा आठ सय ४६ जनालाई रिफर गरिएको छ । नगरपालिको आन्तरिक श्रोतलाई परिचालन गरेर निःशुल्क स्वास्थ्य परिक्षण सेवा सुरु गरिएको बाँसगढी नगरपालिकाका नगरप्रमुख खडक बहादुर खड्काले बताउनुभयो । उहाँले पछिल्लो समयमा नसर्ने रोगको प्रकोप बढ्दै गएको हुनाले यसबाट बच्नका लागि समयमै रोगको बारेमा पत्ता लगाई उपचार सुरु गर्नका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पछि पछुताउनु र उपचारमा धेरै खर्च गर्नु भन्दा समय मै रोग पत्ता लगाई न्यूनीकरण गर्नु राम्रो हुन्छ त्यसैले ३० वर्ष माथीका सबैको स्वास्थ्य परिक्षण गर्दैछौँ ।” गोरखापत्र

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...