काठमाडौँ महानगरद्वारा कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि एक करोड सहयोग

Published on

काठमाडौं । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने उद्देश्यसहित कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि आर्थिक सहयोग गर्ने भएको छ। महानगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत अस्पतालमा आवश्यक मेडिकल उपकरण खरिद गर्न अनुदान प्रदान गर्ने विषयमा सम्झौता सम्पन्न भएको हो।

कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागार्इं तथा शिक्षा–स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्पन्न सम्झौतामा काठमाडौँ महानगरपालिकाको तर्फबाट स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र कीर्तिपुर अस्पतालका तर्फबाट अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले हस्ताक्षर गर्नुभयो।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत मेडिकल उपकरण खरिद अनुदानका लागि रु एक करोड विनियोजन गरेको छ। सम्झौताअनुसार अस्पतालले सार्वजनिक खरिद प्रक्रियामार्फत स्वास्थ्य उपचारमा आवश्यक एक थान एनेस्थेसिया मेसिन, २५० केभीएको एक थान जेनेरेटर तथा ५०० एम.ए. क्षमताको एक थान डिजिटल एक्स–रे मेसिन खरिद गर्नेछ।

काठमाडौँ महानगरवासीसहित कीर्तिपुर अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले महानगरपालिकाले सहयोग गरेको हो। कार्यवाहक प्रमुख डङ्गोलले जलनसहितका जटिल उपचार सेवा प्रदान गरिरहेको अस्पतालको क्षमतालाई थप सुदृढ बनाउन अनुदान उपलब्ध गराइएको बताउनुभयो।

अस्पताल नाफामुखी नभई सेवा भावनाबाट सञ्चालन भइरहेको उल्लेख गर्दै अस्पतालका अध्यक्ष डा. भरतकुमार प्रधान श्रेष्ठले जलनका बिरामीको उपचार जटिल र संवेदनशील हुने भएकाले यसलाई सहज बनाउन काठमाडौँ महानगरपालिकाबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।


spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...