आठ वर्षमा बागमती प्रदेशसभाबाट ९० विधेयक पारित, अधिकांश कार्यान्वयनमा

Published on

काठमाडौं । बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० वटा विधेयक पारित भएका छन्। तीमध्ये ८९ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भई कार्यान्वयनमा आइसकेका छन्। mबागमती प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार प्रदेशस्तरमा चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको एक विधेयक भने प्रदेश प्रमुखबाट फिर्ता भई हाल प्रदेशसभाअन्तर्गतको विषयगत समितिमा विचाराधीन अवस्थामा रहेको छ।

सचिव दर्जीले जानकारी दिनुभएअनुसार हालसम्म प्रदेशसभामा कुल ९३ वटा विधेयक दर्ता भएका छन्। तीमध्ये प्रदेशसभाबाट ५० वटा मूल ऐन र २१ वटा संशोधन ऐन पारित भएका छन्। यसैगरी, प्रदेशसभामा दर्ता भएका १४ वटा अध्यादेशमध्ये सबै स्वीकृत भएका छन् भने सात वटा प्रतिस्थापन भएका र पाँच वटा निष्क्रिय भएका छन्। पछिल्लो समय प्रदेशसभामा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक तथा प्रदेश खानेपानी र सरसफाइ सम्बन्धी विधेयक दर्ता भएका छन्।

प्रदेश सरकार सञ्चालनका लागि आवश्यक अधिकांश ऐन तथा कानुन निर्माण भइसकेको उल्लेख गर्दै सचिव दर्जीले बाँकी केही ऐन, अध्यादेश तथा विनियमावली निर्माण प्रक्रियामा रहेको जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

रामेछापको मन्थलीमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, ६ जनाको मृत्यु, ५ घाइते

काठमाडौं । काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ त्रिवेणी घाटमा...

दार्चुलामा जनपद प्रहरी हवल्दार मृत फेला, घटनामा शङ्का बढेपछि दुई जना पक्राउ

काठमाडौं । दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी...

निर्वाचन स्वच्छ र विश्वसनीय बनाउन आचारसंहिताको कडाइ आवश्यक : आयुक्त तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन...

काठमाडौं महानगरमा विद्यालय केन्द्रित एचपीभी खोप अभियान व्यवस्थित गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियानलाई...