तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ निक्षेप संकलन

Published on

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण प्रवाह गर्न मिल्ने रकम (तरलता) अत्यधिक भएपछि नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ झिक्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४६ दिनका लागि उक्त रकम संकलन गर्न लागेको जनाएको छ।

पछिल्ला तीन वर्षदेखि राष्ट्र बैंकले सातामा दुईपटक—आइतबार र बुधबार—नियमित रूपमा बजारबाट तरलता व्यवस्थापन गर्दै आएको छ। केही साताअघि भने राष्ट्र बैंक ऋणपत्रमार्फत रकम संकलन गरिएकाले निक्षेप संकलन उपकरण जारी गरिएको थिएन। त्यसपछि पुनः नियमित तालिकाअनुसार सातामा दुई दिन निक्षेप संकलन प्रक्रिया अघि बढाइएको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलन कार्यक्रममा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। संकलन गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि जनाइएको छ।

बोलकबोल न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी गर्नुपर्नेछ। ब्याजदरका आधारमा बोलकबोल गर्नुपर्नेछ भने बहुब्याजदरमा बहु–बोलकबोल गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

spot_img

ताजा समाचार

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

काठमाडौं । जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनाधिकृत पहुँच भएको पुष्टि...

झापा–५ मा चुनावी माहोल, प्रचारप्रसारमा दल

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा क्षेत्र नम्बर–५ मा उम्मेदवारहरूले...

क्यानडामा गोलीकाण्ड, नौ जनाको मृत्यु

काठमाडौं । पश्चिमी क्यानडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु...

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकार बङ्गलादेशमा

काठमाडौं । बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औँ आम चुनाव र जुलाईमा हुने जनमत...